थप ६२० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

0
88

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६ सय २० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ४६ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार ६ सय ५१ जनाको पीसीआर र ३ हजार १ सय ९५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ सय २० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार २ सय ९७ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ हजार ५ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here