प्रसुतिका लागि निशुल्क एम्बुलेन्स सेवा दिँदै कमल गाउँपालिका

0
154

कमल । झापाको कमल गाउँपालिकाले पालिका भित्रका प्रसुतिका विरामीलाई अस्पतालसम्म लान,लैजान निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।

गाउँपालिकाले बार्षिक कार्यक्रम अन्तर्गत यसवर्षदेखि पालिकामा स्थायी बसोवास गरेका प्रसुतिका विरामीलाई लक्षित गरि निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको पालिका अध्यक्ष हुकुमसिंह राईले बताए । पालिकाले नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

यस कार्यक्रमबाट सुत्केरी हुने अवस्थाका विरामीको नियमित स्वास्थ्य जाँच गर्नुका साथै अस्पतालसम्म लैजान विपन्न महिलाहरु प्रत्यक्ष लाभान्दित हुने उनले बताए ।

त्यसका लागि गाउँपालिकाले रेडक्रसलाई एउटा अत्याधुनिक एम्बुलेन्स गाडी समेत उपलव्ध गराईसकेको रेडक्रस सभापति चन्द्र साहले बताए । यससंगै रेडक्रसमा हाल दुई वटा एम्बुलेन्स सञ्चालित छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here