उपप्रमुख रेगिना भट्टराई प्रसाईं प्रदेश समन्वय परिषदमा मनोनित

0
496

दमक/ दमक नगरपालीकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईं प्रदेश १ को प्रदेश समन्वय परिषदमा मनोनित । मुख्यमन्त्रीको नेतृत्वमा प्रदेशका स्थानीय तहका जनप्रतिनिधि सदस्य रहने परिषदमा झापाबाट दमक नगर उप प्रमुख भट्टराई मनोनित भएकी छिन ।

प्रदेशमा मुख्यमन्त्रीकोे अध्यक्षतामा प्रदेश समन्वय परिषद गठन हुने कानुनी व्यवस्था छ । परिषदमा हरेक जिल्लाबाट एकजना स्थानीय तहका प्रमुख वा उपप्रमुख, जिल्ला समन्वय समितिका संयोजक वा सहसंयोजक मनोनीत हुनेछन् ।

परिषदमा प्रदेशस्थित आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानुनमन्त्री पदेन सदस्य रहन्छन् । समन्वय समितिले प्रदेश सरकार र स्थानीय सरकारबीच विकासका कामहरूमा साझेदारी गर्न, बजेट कार्यान्वयन गराउन र नीति निर्माण गराउन आवश्यक सुझाव लिने र दिने भूमिका निर्वाह गर्छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here