लायन्स क्लब डिस्ट्रिक ३२५ ए वान को चौथो क्याविनेट मिटिङ सम्पन्न, एक दर्जन बढि सम्मानित

0
348

दमक । लायन्स क्लब डिस्ट्रिक ३२५ ए वान को चौथो क्याविनेट मिटिङ  सम्पन्न भएकाे छ ।

झापाकाे दमकमा सम्पन्न भएकाे चाैथाै नियमित मिटिङ तथा सम्मान कार्यक्रममा डिस्ट्रिक ३२५ ए वान का गर्भनर रेवत कार्कीले देशका विभिन्न स्थानमा लायन्सका लिडर तथा अन्य विभिन्न क्लवहरुले गरेको कामको गतिबिधिहरू  सुनाएका थिए ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले लायन्स क्लबले शिक्षा र स्वास्थ्यकाे क्षेत्रमा गरकाे कामले अाफु  प्रभाबित भएकाले अागामि दिनमा दमक नगरपालिका यहाकाे बिभिन्न क्षेत्र सुधारका लागि लायन्स क्लब संग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

कार्यक्रममा भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचिनमा निर्वाचित भएका लायन्स क्लबका सदस्यहरुलाई  सम्मान गरिएको थियो भने लायन्सक क्लवमा आवद्ध रहेर यसका गतिविधिलाई प्रचार प्रसार गर्ने पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो । साथै लायन्स क्लव .डिस्ट्रिक ३२५ ए वान अन्तर्गत रहेका क्लवहरुलाई सम्मान पनि गरिएको थियो । कामको उत्कृष्टताका आधारमा क्लबका पधादीकारी लाइ पनि सम्मान गरिएको थियाे । सम्मानित सबैलाई लायन्स क्लव .डिस्ट्रिक ३२५ ए वान का गर्भनर रेवत कार्कीले सम्मान पत्र सहित सम्मान गरेका थिए ।

कार्यक्रममा कमल गाँउपालिका अध्यक्ष हुकुम सिंह राइ, दमक नगरपालिका उप प्रमुख रेगिना भट्टराइ, लायन्स डिस्ट्रिक ३२५ ए वान का पधादिकारी लगायत देश भरका ५०० बढि लायन्स कर्मिकाे उपस्थिति रहेकाे थियाे ।

 यस क्षेत्रमा रहेका २२ वटा क्लवहरुले मिटिङको आयोजना गरेका हुन । यसको नेतत्व लायन्स गभर्नर एड अजय अग्रवालले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here