चुलाचुली गाउँपालिकामा एकल पुरुषलाई भत्ता, बुहारी शिक्षा कार्यक्रम

0
192

दमक/ इलामको चलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमसहितको वजेट दशौं गाउँसभाले पारित गरेको छ । शुक्रवार गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले पेश गरेको नीति र तथा कार्यक्रमसंगै उपाध्यक्ष दिलु लावतीले पेश गरेकी वजेट सभाले पारित गरेको हो ।

चुलाचुली गाउँपालिकाले शिक्षालाई मूख्य प्राथमिकतामा राखेको छ । जसअन्तर्गत अध्यक्ष छात्रबृत्ति कोषमार्फत ‘बुहारी शिक्षा’ र ‘डाक्टर ,इन्जिनियर लगायतका प्राविधिक विषय पढ्नेलाई छात्रवृत्ति प्रदान गरिने छ । गाउँपालिकाले पहिलोपटक ‘बुहारी शिक्षा’ कार्यक्रम ल्याएको हो ।

बुहारी शिक्षा कार्यक्रम

पालिकाभित्रका शिक्षाबाट वञ्चित बुहारीहरुलाई बुहारी शिक्षा कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आफ्नै पालिका र अन्यत्र गाउँपालिकाबाट विवाह गरी आएका बुहारीहरुले औपचारिक शिक्षा लिन चाहेमा सबै खर्चको व्यवस्थापन गाउँपालिकाले गर्ने नीति लिएको छ ।

त्यस्तै गाउँपालिकाभित्रका माध्यमिक तह उत्तीर्णमध्ये उत्कृष्ण १ छात्र र १ छात्रालाई एमबीबीएस, इन्जिनियरिङ, कृषि जेटीए, भेटेरीनरी, एच ए, स्टाफ नर्स, अहेव, ओभरसियर, लयाब असिस्टेण्टलगायत प्राविधिक शिक्षा अध्ययनका लागि ‘अध्यक्ष छात्रवृत्ति कोष’ स्थापना गरी छात्रवृत्ति उपलब्ध गराईने नीति समेत सभाले पास गरेको छ ।

दलितलाई स्वास्थ्य वीमा, निःशुल्क एम्बुलेन्स सेवा

त्यसैगरी चलाचुली गाउँपालिकाले नागरिकलाई सहज सेवा प्रवाह गर्न एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धाहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रवाह गर्ने नीति समेत सभाले पास गरेको छ ।

त्यस्तै स्वास्थ्य वीमा कार्यक्रमलाई प्रत्येक नागरिकसम्म विस्तार गर्ने भएको छ । स्वास्थ्य स्वयमसेविका, अपाङ्गता भएका व्यक्तिका परिवार, एकल पुरुष, एकल महिला, शहिद परिवार, वेपत्ता परिवार, द्वन्द्वपीडित र दलित परिवारको निःशुल्क स्वास्थ्य वीमा गर्ने व्यवस्था मिलाइने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

एकल पुरुषलाई भत्ता र सुत्केरीलाई पोषण

चुलाचुली गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने नीति लिएको छ । पत्नीको निधन भएको र अर्को विवाह नगरेका एकल पुरुषलाई भत्ता उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरी सुत्केरीलाई पोषण उपलब्ध गराउने भएको छ । स्थानीय स्वास्थ्य संस्थामा कम्तिमा ४ पटक गर्भ जाँच गराई तथा सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन भएको स्वास्थ्य संस्था सुत्केरी गराएको र ३५ दिनभित्रमा सम्बन्धित वडा कार्यालयमा वच्चाको जन्मदर्ता गराउने आमालाई प्रोत्साहन गर्न सुत्केरी पोषण कार्यक्रमको सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here