गौरीगञ्ज गाउँपालिकाले ल्यायो ४७ करोडको अनुमानित बजेट

0
94

दमक/ गौरीगञ्ज गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को वजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको सभाकक्षमा शुक्रबार भएको ११ औं गाउँसाभामा गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिईन ।

गाउँपालिकाले ‘ कृषि, स्वास्थ, शिक्षा, उद्योग र आर्थिक विकासमा उन्नति, दीगो विकाससहित गौरीगञ्जको समुन्नति ‘ मुल नारा तय गरेको छ । गाउँपालिकाले माध्यमिक तह ११÷ १२ अध्ययनरत विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था मिलाउने र एमबीबीएसमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीलाई आंशिक छात्रवृत्तिको व्यवस्था मिलाउने नीति लिइएको अध्यक्ष राजवंशीले बताईन् ।

गाउँपालिकाद्वारा सञ्चालित प्रसुति केन्द्रमा सुत्केरी हुन नसकी अन्यत्र रेफर गर्नु पर्ने अवस्था भएका जटिल प्रकृतिका गर्भवती तथा सुत्केरीहरूलाई नजिकको अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्धि गराइने पनि नीति कार्यक्रममा उल्लेख छ ।

छोरीलाई पनि आर्थिक रूपमा सक्षम बनाउनु पर्छ भन्ने उदेश्यसहित वैंक तथा वितीय संस्थामा बाल बचत खाता खोली गाउँपालिकाको तर्फबाट अनुदानको व्यवस्था मिलाउने त्यसैगरी गाउँपालिकाकाले गाउँपालिका वासीलाई सर्पले टोकी बाहिर उपचार गर्न लानु पर्ने अवस्था रहेमा उपचारमा लाग्ने सम्पुर्ण खर्च गाउँपालिकाले व्यवस्था मिलाउने नीति लिएको छ । एक सहकारी एक उत्पादन अभियान सञ्चालन गरि साझेदारीको रूपमा सहकारीलाई उत्साहित गर्दै कृषि तथा अन्य कार्यक्रमहरू सञ्चालन गर्ने नीति कार्यक्रममा उल्लेख छ ।

साथै गाउँपालिकाको गत आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक गरेको धेरै नीति तथा कार्यक्रमहरूलाई प्राथमिकताको आधारमा निरन्तरता दिएको छ । एक घर एक दुधालु गाई, दीर्घ रोगी नागरिकलाई उपचार खर्च उपलब्ध गराउने, दुःखको साथी, भरोसा राखौं गाउँपालिका माथिलगायतका कार्यक्रमहरूलाई निरन्तरता दिईएको छ ।

त्यसैगरी गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरले आर्थिक वर्ष २०७९/०८० को अनुमानित वजेट प्रस्तुत गरेकी थिईन । उपाध्यक्ष कुंवरले गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को लागि ४७ करोड २८लाख ८९ हजार ३ सय ७० रूपैयाँ अनुमानित वजेट प्रस्तुत गर्दै चालू व्यय तर्फ २५ करोड ८६ लाख २३ हजार, पुजीँगत तर्फ २१ करोड ४२ लाख ६६ हजार ३ सय ७० रूपैयाँ प्रस्तुत गरेकी थिईन ।

आय तर्फ नेपाल सरकार समानिकरण अनुदान १३ करोड ३६ लाख, सशर्त अनुदान १८ करोड ९३ लाख, राजस्व बाँडफाँड संघिय सरकार ९ करोड ६२ लाख ३२ हजार, प्रदेश सरकार समानीकरण अनुदान ७२ लाख २४ हजार, सशर्त अनुदान २६ लाख २३ हजार, राजस्व बाँडफाँड प्रदेश सरकार ९२ लाख १० हजार ३ सय ७९ हजार रूपैयाँ र अल्या आन्तरिक श्रोत रू २ करोड ७ लाख रहेको उपाध्यक्ष न्यौपानेले सार्वजनिक गरेकी थिईन ।

सभालाई सम्बोधन गर्दै उपाध्यक्ष न्यौपानेले आर्थिक वर्ष २०७९/०८० का लागि गौरीगंज गाउँपालिकाको प्रशासनिक तथा कार्यालय सञ्चालन तर्फ ७ करोड, पुँजीगत तर्फ २ करोड २५ लाख, कृषिमा ७५ लाख, पशुसेवामा ३५ लाख, पर्यटनमा २ लाख, सहकारीमा ३ लाख, शिक्षामा २ करोड, स्वास्थ्यमा १ करोड १० लाख, युवा तथा खेलकुदमा १५ लाख, पुर्ण सरसफाईमा ३ लाख, शहरी विकासमा २० लाख, सडक र पुल निर्माण २ करोड १५ लाख, भवन निर्माणमा २५ लाख, विद्युतमा ५१ लाख रूपैयाँ वजेट विनियोजन भएको सार्वजनिक गरेकी थिईन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here