गाैरादह नगरपालिकाको निति तथा कार्यक्रम सार्बजनिक

0
144

असार / गाैरादह नगरपालिकाले आर्थिक बर्ष २०७९/ ८० को निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । गाैरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीले आर्थिक बर्ष २०७९/ ०८० को निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

गाैरादह नगरपालिकाले दशाैं नगर सभाको आयोजना गरि निति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि सडकमा बिशेष प्राथामिकतामा राखि बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिएको नगरपालिकाकी नगर उपप्रमुख जलवर्षा राजवंशीले बताइन् ।
नगरक्षेत्रका सबै मुख्य बजारहरूलाई जाेड्ने सडकहरूलाई कालाेपत्रे गरिनेछ । मुख्य प्रशासनिक भवन जाेड्ने सड्कहरू क्रमश कालाेपत्रे गरिनेछ । गाैरादह वडा नं. २ र ९ जाेड्ने कृष्णे खाेलामा र वडा नं. १ र ४ लाई जाेड्ने चैतु चाैक पश्चिम गेउरिया खाेलामा सिङ्गल लेनकाे पुल निर्माण गरिने नगरकाे नीति तथा कार्यक्रममा रहेकाे छ ।

त्यैसैगरी फाेहाेर व्यवस्थापनका लागि फाेहार संकलन केन्द्रकाे व्यवस्था, कृषि यन्त्रमा ५० प्रतिशत जनसहभागिता, संचार क्षेत्रलाई व्यवस्थित गर्न कार्यविधि निर्माण, आधारभुत तहका लागि सस्थानिय तहकाे पाठ्यक्रम निर्माण गरि लागू गर्ने, गाैरादह नगर भित्रका गरिव विपन्न वर्गका गर्भवती आमाहरूलाई झापाकाे दमक, विर्तामोड, धरान, विराटनगरसम्मकाे अस्पतालहरूमा सुत्केरी गर्न गराउन लैजान निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने नीति लिएकाे छ ।

नगरपालिकाले भाैतिक पुर्वाधार विकास, शहरी तथा ग्रामीण पूर्वाधार तथा भू – उपयाेग , पर्यटन, उर्जा, कृषि तथा पशुपन्छी सहकारी तथा उद्योग, सामाजिक विकास अन्तर्गत शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, खानेपानी, भाषा कला साहित्य धर्म संस्कृति, लक्षित कार्यक्रमहरूलगायत मुख्य मार्गदर्शन र अाधार मानेर वजेट विनियाेजन हुने नगर प्रमुख सुवेदीले सार्वजनिक गरेका थिए ।

कार्यक्रममा चालू आर्थिक वर्ष ०७८/७९ काे वजेट नीति कार्यक्रमकाे छाेटाे समीक्षा विवरण प्रस्तुत गरिएकाे थियाे । नगर प्रमुख सुवेदीले आगामी असार १० गते वजेट, निती तथा कार्यक्रमबारे थप छलफल हुने जानकारी गराएका थिए । उपमेयर जलबर्षा राजवंशीसहितकाे दशाैं गाउँसभामा प्रशासकिय अधिकृत राजेन्द्र भट्टराई, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरूकाे सहभागिता थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here