शिवसताक्षीका विशाल र दमककी रेणुको उपचारका लागि अपिल

0
111

दमक । झापा शिवसताक्षी नगरपालिकाका ८ का विशाल राईको उपचारार्थ सहयोगकालागी आज दमकमा पत्रकार सम्मेलन गरेको छ ।

२८ वर्षिय राई विगत १ वर्ष भन्दा अगाडी देखी सिकेलसेल एनेमिया ( शरिर रगत उत्पादन नहुने )रागका कारण विरामी हुनुहुन्छ । वहाँको अहिले काठमार्डौ स्थित सिभिल हस्पिटल मिनभवनमा उपचार गराई रहेका छन् ।

आर्थिक अवस्था अत्यन्तै कमजोर भएका राईको उपचारकालागी ३० देखी ३५ लाख रुपैया सम्म खर्च हुने डाक्टरको भनाई छ । अहिले सम्म भाईको उपचारमा ४ देखी ५ लाख सम्म खर्च भएको विरामी दाई धिरज राईले बताए ।

त्यस्तै दमक नगरपालिका ७ की ५२ वर्षिय रेणु सन्तराजको उपचारमा सहयोगार्थका लागी समेत पत्रकार सम्मेलन गरिएको छ ।

सन्तराज दुबै मृगौला खराव भएका कारण हाल विराटनगर स्थित नोवेल मेडिकल कलेजमा उपचारार्थ रहकी छन् । आमाको उपचारमा आफु सग भएका सबैे जायजेथा खर्च भै सक्यो । अझ आमाको उपचारकालागी ३० देखी ४० लाख रुपैया सम्म खर्च हुने डाक्टरको भनाई छ ।

आमाको उपचारकालागी यती धेरै रकम जुटाउने आफु संग कुनै श्रोत नभएका कारण छोरा मुकेश सन्तराजले सबै सग आमाको उपचारार्थ सहयोग गरिदिनुहुन अपिल गरेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here