नीलडेविड्स सलूनको शाखा धमा धम खुल्दै, नयाँ शाखा दुबईमा खुल्ने

0
290

काठमाडौं– नील डेविड्स सूलनको १६ औं वार्षिकोत्सवको अवसर पारेर काठमाडौंको बुढानीलकण्ठ नगरपालिका, हात्तीगौंडामा बिहिबार नयाँ सलून उद्घाटन गरिएको छ ।

नेपाली काँग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा, अभिनेता भुवन केसी, अभिनेत्री सञ्चिता लुईंटेल तथा नेपालका अन्तर्राष्ट्रिय हेयर स्टाइलिष्ट नील डेविड कट्वालले संयुक्त रुपमा उक्त सूलन उद्घाटन गरेका हुन् ।

नेपाली काँग्रेसका युवा नेता कुन्दन राज काफ्लेकी धर्मपत्नी मेनुका काफ्लेले नीलडेविड्स सलूनको नयाँ शाखामा हात्तीगौंडामा सञ्चालनमा ल्याएकी हुन् ।

सलून उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि नेता गगन थापाले कपाल काट्ने पेशालाई अन्तर्राष्ट्रिय ब्राण्ड बनाउन सफल नीलडेविड कटवाललाई १६ औं वार्षिकोत्सवको शुभकामना दिँदै यो ब्राण्डले अन्तर्राष्ट्रिय जगतमा नेपालको चिनारी गराउन सफल हुने विश्वास व्यक्त गरे । हात्तीगौंडामा सञ्चालनमा आएको नयाँ सलूनको सफलताको कामना गर्दै राजनीतिक क्षेत्रमा सक्रिय हरेक व्यक्तिले जीविकोपार्जनका लागि कुनै न कुनै काम गर्नै पर्ने धारणा व्यक्त गरे

अभिनेता भुवन केसी तथा अभिनेत्री सञ्चिता लुईंटेलले पनि अन्तर्राष्ट्रिय विमान परिचारिका रहेकि मेनुका काफ्लेले सञ्चालनमा ल्याएको नीलडेविड्स सलूनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

समारोहमा हेयर स्टाइलिष्ट नीलडेविड कटवालले १६ वर्षअघि काठमाडौं मलमा साढे दुई सय स्क्वायर फिटबाट प्रारम्भ भएको नीलडेविड्स सलूनले डेढ दशकको अवधिमा नेपाल तथा भारतमा करिव एक सय वटा शाखा विस्तार गर्न सफल भएकोमा सबै सहयोगी हातहरुलाई धन्यवाद दिए ।

हात्तीगौंडाको मुख्य सडक किनारामा सञ्चालनमा आएको नीलडेविड्स यूनिसेक्स सलूनमा हेयर तथा मेकअप सम्बन्धि सम्पूर्ण उपलब्ध भएको सञ्चालिका मेनुका काफ्लेले जानकारी गराइन् ।

समारोहमा नीलडेविड्स सलूनको नयाँ शाखा दुबईमा समेत विस्तार हुने घोषणा गरियो । समारोहमा उपस्थित भएका भारतको कालिङपोङका शिरोमणी शर्माले नीलडेविड कटवालसंग सम्झौता गरेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here