दमककाे पटके करकाे चर्काे बिराेध, सूचना सच्याउन काग्रेस नेता प्रसाईकाे माग

0
298

दमक / दमक नगरपालिकाकाे पुर्वाधार सेवा उपयोग शुल्कको बार्षिक रकम (पटके कर) प्रति नेपाली काग्रेसले अापत्ति जनाएकाे छ ।

दमक नगरपालिकाले अाज मात्र सार्वजनिक गरेकाे आ.ब २०७९/०८० का लागि बार्षिक रकम(पटके कर) बुझाउन भनी गरेकाे सूचना प्रति गम्भिर ध्यानाकर्षण भएकाे भन्दै नेपाली काग्रेस दमक नगर समितिका सभापति प्रकास प्रसाईले समाजिक संजाल फेसबुकमा लेखेका छन् ।

दमक नगरपालिकामा संचालन हुने सवारी साधन तथा उपकरण संचालन बापत आ.ब २०७९/०८० का लागी पुर्बाधार सेवा उपयोग शुल्क:को बार्षिक रकम(पटके कर) बुझाउन भनी दमक नगरपालिकाले जारी गरेको सूचना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त सूचना तत्काल सच्याउन का निम्ति दमक नगरपालिकालाई जोडदार माग गर्दछौं।  संयोजक  प्रकाश प्रसाई गठबन्धन दल (दमक )

गत स्थानिय तहकाे निर्वाचनमा प्रसाई गठबन्धन दल दमकका संयाेजक समेत रहेका थिए । निर्वाचनका बेला गठबन्धनले जिते याे शिर्षककाे कर हटाइने घाेषणा पत्रमा समेत सार्वजनिक गरिएकाे थियाे ।  नगरपालिकाले उक्त कर बुझाउने सूचना निकाले लगत्तै सामाजिक संजालमा उक्त कर काे चर्काे विराेध भइरहेकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here