दमक उद्योग वाणिज्य संघले गर्यो दमकका जनप्रतिनिधिहरुलाई सम्मान

0
179

दमक/ दमक उद्योग वाणिज्य संघले दमकका नवनिर्वाचित नगर प्रमुख, उपप्रमुखसहित सबै जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम गरेको छ ।

संघले बिहिबार आफनै सभाकक्षमा आयोजना गरेको कार्यक्रममा नवनिर्वाचित नगर प्रमुख राम कुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाइँसहित १० वटै वडामा निर्वाचित वडाध्यक्ष तथा सदस्यहरु र कार्यपालिकामा निर्वाचित सदस्यहरुलाई सम्मानसहित बधाई शुभकामना प्रकट गरेको हो ।

संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षता र नवनिर्वाचित नगर प्रमुख थापाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमका वक्ताहरुले शुभकामनासहित नगरको बिकासमा सरकार र निजी क्षेत्रबीच सहकार्यमा जोड दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथी थापा, उपप्रमुख भट्टराई, इलाका प्रशासन कार्यालय दमकका प्रमुख , आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख डम्बरु पराजुली र संघका पूर्व अध्यक्ष विजय बराल.लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष देवीप्रसाद गुरागाइँ ( गोपाल)ले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन प्रथम उपाध्यक्ष राजु खडकाले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here