धरमपुरका आगलागी पिडितलाई सहयोग

0
575

शिवसताक्षी / धरमपुर बजार ब्यबस्थापन समिति र धरमपुर पेशा ब्यबसायी संघले स्थानीय आगलागी पिडितलाई ७७ हजार बडि मुल्य बराबरको घरयासी सामाग्री राहात सहयोग गरेको छ ।

गत बिहिबार शिवसताक्षी १ स्थित धरमपुरमा भएको आग्लागीबाट सार्वोस्व गुमाएका अम्बार बहादुर नेम्बाङको परिवारलाई उक्त रकम बारबारको घरयासी सामाग्री सहयोग गर्ने भएको हो । नेम्बाङको गत बिहिबार अन्दाजी १२ः३०बजे कोही नभएको समयमा अचानक आगो लागेको थियो । मानबिय क्षति नभए पनि घरमा भएका सम्पुर्ण सरसामान भने जलेर नष्ट भएको थियो । नेम्बाङ भन्छन आफ्नो आङमा लगाएको कपडा बाहेक केहि पनि सकुसल रहेन ।

दैबको लिला अपरमपार छ , हुने हार दैब नटार भने झै हुने कुरा भएरै छाड्यो , तर गरीबलाई मात्र किन यस्तो बिपत आइ लगेको होला नेम्बाङ बिलौना गर्छन ज्याला मजदुरी गरेर परिवारको जिबीको पर्जन गर्दै आएको थिए , भएको घडेरीमा घर बनाएको थिए तर त्यो पनि खरानी भयो । बर्खा मासको बेला घरको यो गति दातालाई कुर्नु बाहेक अरु बिकल्प नरहेको नेम्बाङ दुखेसो पोख्छन । छिमेकीलाई समस्या पर्दा टुलु टुलु हेरेर कोही पनि बस्न सक्दैन ,छिमेकमा पर्दा चाहीने छिमेकी नै हुन भन्ने मुल मर्मलाई आत्मा साथ गर्दै धरमुर बजार ब्यबस्थापन समिति र धरमपुर पेशा ब्यबसायी संघको संयुक्त पहलमा आर्थिक संकलन अभियान शुरु भयो । अनि उक्त समितिले ७७ हजार १ सय ४५ रुपैया संकलन गर्न सफल भयो । गर्दा सम्भब छ भन्ने उदाहारण समेत बन्न सफल भयो धरमपुर बजार ब्यबस्थापन समिति र धरमपुर पेशा ब्यबसायी संघ ।

३ दिनको अवधिमा यतिका रकम संकलन गरि पिडित परिवारलाई घरयासी समाग्री खरिद गरि हस्तान्तरण गर्न पाउदा आत्मा सन्तुष्टी मिलेको धरमपुर बजार ब्यस्थापन समितिका अध्यक्ष लिलाबहादुर जोशीले बताए । उनका अनुसार आज अति आवश्यक ग्याँस चुला सेट र स्टील ¥याक पिडितको घरैमा गएर आज घरमुली अम्बरबदादुर नेम्बाङ र तारा नेम्बाङालई हस्तान्तरण गरिसको छ भने बाकी सामाग्रीे घर निर्माण पश्चात प्रदान गर्ने जानकारी दिए । बाँकी घरयासी सामानमा २ थान लो बेट ७/५को ,२ थान ढसना, ४ थान सिरानी, २ थान झुल ,तन्ना २ थान, टि टेबल १ थान किचान ¥याक १ थान तथा १० हजार बरबरको अन्य आवश्यक सामाग्रीहरु समेत बितरण गर्ने धरमपुर बजार ब्यबस्थापन समितिका सचिब मोहन सुन्चिउरीले बताए । उनले भने सामन खरिद गरि सकेका छौ तर राख्ने ठाउ नभएकाले घर निर्माण पश्चात हस्तान्तरण गर्ने बताए ।

संघ संस्थाले संकलित गरेको उक्त रकम मध्ये १५ हजार रुपैया काकाडभिट्टा युवा समुहका सुदर्शृन खड्का,बिक्रम राई र चन्द्रप्रकाश लिम्बुको पहलमा संकलन गरिएको जनाइएको छ । भने ६२ हजार १ सय ४५ रुपैया धरमपुर बजार ब्यबस्थापन समितिका पधाधिकारीहरुबाट ,धरमपुर पेशा ब्यबसायी संघका पदाधिकारीहरुबाट ,तथा धरमपुर बजारका स्थायी ब्यबसायीहरुबाट र स्थीनीय सहयोगी मन भएका दाताहरुबाट संकलन गरिएको धरमपुर पेशा ब्यबसायी संघका अध्यक्ष पेमा लामाले बताए । उक्त राहात समाग्री कार्यक्रममा धरमपुर बजार ब्यबस्थापन समितिका सल्लाहकार संयोजक चन्द्रबिर नेम्बाङ, अध्यक्ष लिलाबहादुर जोशी , सचिब मोहन सुन्चिउरी, सदस्य निहाङ किराँती तथा पेशा ब्यबसायी संघको तर्फबाट अध्यक्ष पेमा लामा, सचिब खगेन्द्र प्रसाद दाहाल , वडाध्यक्ष लक्ष्मिप्रसाद चेम्जोङ, समाजसेबी जयकुमारी चेम्जोङ , पृथ्बी बोहोरा तथा देउमान चेम्जोङ लगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

राहात बितरण कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित वडाध्यक्ष लक्ष्मिप्रसाद चेम्जोङले धरमपुर बजारमा क्रियाशिल रहेको यी २ संघ संस्थाले गरेको कार्य प्रशँसा योग्य रहेको बतााउदै वडाको तर्फबाट पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । आफु निवाचित हुने बितिकै वडामा भएको यो घटना कहाली लाग्दो भएकोले नगर संग पनि समन्वय गरेर पुनः स्थपनाको लागी पहल गर्ने अध्यक्ष चेम्जोङले उद्योष गरे ।

नेम्बाङको घर भने शिवसताक्षी खेलकुद महासंघ र राष्ट्रिय युवा संघ शिवसताक्षीले निर्माण गरिदिने बतइएको छ । हाल बिभिन्न दाताहरुले खाद्यन्य ,लत्ताकपडा र नगद सहयोग दिएर दुःखेको घाउमा मलमपट्टी लगाइदिने क्रम पनि जारी छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here