पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

0
202

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १०/१० रुपैयाँ घटाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्ने छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पर्ने छ । बिहीबार राति १२ बजेबाट घटेको मूल्य लागु हुने छ । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here