दमकका १० वटै वडामा ल्याब सेवा सञ्चालनमा आउने, उप प्रमुख भट्टराईद्वारा अनुगमन

0
633

दमक / नगरपालीकाका १० वटै नगर स्वास्थ्य केन्द्रबाट ल्याब सेवा सञ्चालनको तयारी भएको छ । आधारभुत स्वास्थ्य परिक्षणका लागी स्वास्थ्य केन्द्रबाटै नागरिकलाई सेवा प्रदान गर्ने उद्देस्यले ल्याब सञ्चानलको तयारी भएको हो ।

ल्याब सेवा सञ्चालनका लागी नगर उप प्रमुख रेगिना भट्टराई प्रसाईंले आज सबै स्वास्थ्य केन्द्रको अनुगमन गर्नु भएको छ । अनुगमनका क्रममा कतिपय स्वास्थ्य केन्द्रमा ल्याब सञ्चालनका लागी प्राबिधिक जनशक्तिको आवस्यकता रहेको र कतिपयमा जनशक्ति सहित उपकरण पनि आवस्यक रहेको पाईएको नगर स्वास्य शाखाका अधिक्रित नगेन्द्र भट्टराईले जानकारी दिए ।

अनुगमकनका क्रममा उप प्रमुख रेगिना भट्टराईले एक साता भित्रै ल्याब सेवा सञ्चालन गर्ने गरि तयारी थाल्न निर्देशन दिएकी छन् । स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालन भए पछि सुगर, जण्डीस, युरिन, स्टुल लगायतका परिक्षण गर्नसकिने दमक ३ मा रहेको नगर स्वास्थ्य केन्द्रका प्राबिधिक बिक्रम अधिकारीले जानकारी दिए । यसबाट प्राथमिक परिक्षण गरी थप परिक्षण गर्नु परेमा दमक अस्पताल रेफर गरिने उनले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here