दमकमा उपभोक्ता अधिकारको सुनिश्चितताका लागि नीतिगत रुपमानै व्यवस्था गरीने

0
121

दमक / दमक नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले उपभोक्ता अधिकारको सुनिश्चितताका लागि नीतिगत रुपमानै व्यवस्था गरिने बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्चले नगरपालिकामा गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनिहरुले स्वच्छ र प्रतिष्पर्धात्मक बजार व्यवस्थाका लागि नीतिगत रुपमानै तय गरिने बताएका हुन् । नगरप्रमुख रामकुमार थापाले विगतमा समेत मञ्चले उपभोक्ता अधिकारका लागि खेलेको भुमिका महत्वपूर्ण रहेको भन्दै निरन्तर सहकार्य र सुझावको अपेक्षा गरिएको बताए ।

यस्तै नगरउपप्रमुख रेगीना भट्टराईले उपभोक्तालाई गुणस्तरीय बस्तु तथा सेवाको उपयोगको बातावरण मिलाउन नगरपालिका क्रियाशिल रहने बताइन् । मञ्चका दमक नगर कमिटी अध्यक्ष डा. नविन चापागाई सहितको टोलीसँगको भेटमा उनिहरुले उपभोक्ता अधिकारको रक्षाका लागि नितगत रुपमानै व्यवस्था गरिने बताए ।

मञ्चका अध्यक्ष चापागाँई, सचिव गोपाल झापाली, कोषाध्यक्ष सुमित्रा वाङ्देल, सदस्यहरु चैतन्य बराल, शंकर चापागाई लगायतको टोलीले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई भेट गरि उपभोक्ता अधिकार प्रत्याभूतीका लागि गम्भिर बन्न आग्रह गरेको हो । यस्तै टोलीले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएका शशिकुमार राईलाई समेत स्वागत गर्दै उपभोक्ता मैत्री प्रशासनिक व्यवस्थाका लागि आग्रह गरेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here