दमकमा भुमी आयोग कार्यालय स्थापना,  चाडै धनी प्रमाण पूर्जा उपलब्ध गराउने

0
113

दमक/ झापाको दमकमा भुमी आयोग जिल्ला समिति झापाकार्यालय स्थापना को सम्पर्क भएको छ । दमक नगरपालिका कार्यालय परिसरमा नगरपालिका र आयोगको समन्वय तथा सहकार्यमा भुमीहिन तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी प्रमाण पूर्जा उपलब्ध गराउने कार्यमा सहजताका लागि सो कार्यालय स्थापना गरिएको हो । कार्यालयको आयोगका जिल्ला अध्यक्ष तिलकसिंह पाण्डे र दमक नगर प्रमुख राम कुमार थापाले संयुक्त रुपमा उदघाटन गरेका छन ।

उदघाटन कार्यक्रममा आयोगका अध्यक्ष पाण्डेले दमकमा रहेको भुमी सम्बन्धि समस्याको हर्ल भुमीहिन तथा अव्यवस्थित बसोबासीहरुको प्रमाणिकरण प्रमुख काम भएकाले सो कार्यमा नगरपालिकाले आवश्यक भुमिका निर्वाह गरे जग्गा धनी प्रमाण पूर्जा उपलब्ध गराउन आयोग तयार रहेको बताए ।

दमक नगर प्रमुख थापाले दमकमा भुमी सम्बन्धिका चार किसिमका समस्या रहेको उल्लेख गर्दै चरणबद्ध रुपमा ति समस्याको निराकरण गरिने बताए । उपप्रमुख रेगिना भट्टराई प्रसाइँले यहाँको पुरानो समस्याका रुपमा रहेको सुकुम्बासी समस्या समाधान आफूहरुको पहिलो दायित्व भएको बताइन ।

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सुरेश सुब्बा र नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी कोषाध्यक्ष गगन पुरीले दमकको पुरानो र साझा समस्याका रुपमा रहेको सुकुम्बासी समस्या समाधान वर्तमन सरकारको प्राथमिकतामा परेको बताए । उनीहरुले दलहरु नागरिकका साझा समस्या समाधान गर्दै बिकासका मुद्धामा एकजुट हुने प्रतिबद्धता व्यक्त गरे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here