दमकमा गठबंधनका उम्मेदवारले गराए मनोनयन दर्ता, माओबादी ४ कांग्रेस ४ राप्रपा २ मा मिल्यो भागबन्डा

0
142

दमक / आसन्न स्थानीयतहको निर्वाचनमा दमकमा विभिन्न राजनैतिक दलहरुले मनोनयन गराएका छन् ।

सबैको चासोको विषय रहेको गठबन्धनका उम्मेदवारहरु आज उनीहरूले मनोनयन दर्ता गरे सँगै टुंगो पनि लागेको छ ।

यही बैशाख ३० गते हुने चुनावको माहोल अन्य पालिकाको गठबन्धन भन्दा दमकको भने फरक अवस्था छ । यहाँ गठबन्धनले राप्रपा सँग तालमेल गरेर विभिन्न पदहरुमा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

दमकमा राप्रपाको नेतृत्वमा गठबन्धन दलहरुले आ आफ्नो भागबण्डा मिलाएका छन् । राप्रपाका राम थापालाई प्रमुखमा र कांग्रेस बाट उपप्रमुख पदमा रेगिना भट्टराई प्रसाईले उम्मेद्वारी दर्ता गराएका छन् ।

यो सँगै नेपाली कांग्रेसका तर्फ बाट वडा अध्यक्षहरुमा वडा नं ३ डिल्लि प्रसाद चापागाइ , वडा नं ४ मा पुण्य प्रसाद दाहाल,वडा नं ५ मा धन बहादुर भट्टराइ र वडा नं १० राजेन्द्र भण्डारी रहेका छन् । त्यसै गरी राप्रपाको तर्फ बाट वडा नं १ मा तारा अधिकारी र वडा नं ७ मा भीम पौडेलले  अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन् ।

यता माओबादी केन्द्रका तर्फ बाट वडा नं.२ मा रुद्र बहादुर कार्की ,वडा नं ६ मा यामजी श्रेष्ठ , वडा नं ८ मा प्रकाश तिम्सिना र वडा नं ९ मा नगेन्द्र घोसाईले वडा अध्यक्षको उम्मेद्वारी दर्ता गराएका छन् ।

गठबंधनमा सहभागी भएको जनता समाजवादी पार्टीले केही वडा सदस्यमा आफ्ना प्रतिनिधि पठाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here