मनोनयन दर्ता गर्ने आज अन्तिम दिन

0
140

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आज (साेमबार) पनि उम्मेदवारी दर्ता हुँदैछ ।

प्रमुख राजनीतिक दलहरुले महानगरपालिका र उपमहानगरपालिकामा साेमबार मात्रै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले मुख्य शहर तथा पालिकामा आइतबार उम्मेदवारी दर्ता गराएका छैनन ।

उनीहरु एक अर्काको दाउ हेर्न व्यस्त रहँदा आइतबार निकै कम मात्रै उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ताको पहिलो दिन देशभर १० हजार ५ सय ३३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडैलका अनुसार पालिका अध्यक्ष र नगरपालिका प्रमुखमा ९ सय ८७, उपाध्यक्ष र उपप्रमुखमा ५ सय ८ जनाको उम्मेदवारी परेको छ ।

वडाध्यक्षमा २९ सय २१, वडा सदस्यमा ३३ सय ३८, महिला सदस्यमा १५ सय ७६, दलित महिला सदस्यमा १२ सय ३ जनाको उम्मेदवारी परेको प्रवक्ता पौडेलले जानकारी दिए ।

उम्मेदवारी दिनेमध्ये ३ हजार ५ सय ६ जना महिला छन् । आयोगले मनोनयन दर्ताका लागि साेमबार साँझ ५ बजेसम्म अन्तिम समय निर्धारण गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here