कमल अध्यक्षका प्रत्यासी हुकुमसिंहको प्रतिबद्धता – ढाँटने कुरा र झुक्याउने व्यवहार गर्दिन

0
142

दमक/ ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको संयुक्त गठबन्धनका तर्फबाट झापाको कमल गाउँपालिका अध्यक्षमा हुकुमसिंह राई गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएपछि कमलबासी सर्वसाधारणहरु उत्साहित बनेका छन ।

करीब अढाई दशकदेखि स्थानीय शासन सत्तामा एमालेको एक्लौटी राज रहेको तत्कालिन लखनपुर र तोपगाछी गाविसको समायोजनपछि बनेको कमलमा २०७४ को स्थानीय निर्वाचनमा जनताको मन जितेर पनि अध्यक्ष पदबाट गोलाप्रथामा बाहिरिएका राईले पुन ः यसपटक अध्यक्षमा उम्मेदवारी दिएका हुन । २०७४ मा जनताको मन जितेर पनि भाग्य चिठठा नपर्दा अध्यक्ष बन्न नसकेका उनी पुन ः जनतामाझ गएपछि उनीप्रति कमलबासीले सहानुभूति र सदभाव देखाउने संकेत दिएका छन ।

स्पष्ट विचार राख्दै बिकास निर्माण र हरेक नागरिकको दुखसुखको सारथी बनेका कमल ५ का स्थायीबासिन्दा राईले निर्वाचनपछिका पाँच बर्ष आफूलाई निरन्तर राजनीतिक , सामाजिक क्षेत्रमा सक्रिय बनाई राखेका व्यक्तित्व हुन । सामाजिक सदभाव र एकताका लागि सेवामुलक भावना हुनुपर्छ भन्ने मान्यता राख्ने राईले यसअघिका पाँच बर्ष निरन्तर गाउँबासीको दुखसुखमा साथ दिएर बिताए । कोरोना महामारीको कारण उत्पन्न परिस्थितीले गर्दा भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेका सर्वसाधारणका घर घरमा उनले निजी खर्चमा खाद्यान्न राहत पुरयाएका थिए ।

विपन्न तथा असहाय एकल महिलालाई सुरक्षित आवास उनकै नेतृत्वमा निर्माण गरिएको थियो भने पुस्तौंदेखि अर्काको घरमा बसेर जिविकोपार्जन गर्न बाध्य एक परिवारलाई पक्की घर बनाएर घर मालिकको रुपमा समाजमा उभ्याउन उनैले प्रशंसनिय काम यही अवधिमा गरेका छन ।

कांग्रेसको नेतृत्वमा कमलमा अन्य दलहरुलाई समेत समेटेर सक्षम र सवल नेतृत्व दिदैं आएका राईलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी , जनता समाजवादी पार्टी र संघीय लिम्बुवान मञ्चले औपचारिक रुपमा साथ र समर्थन दिइसकेका छन ।

उनीहरुको साथलाई कांग्रेसको कमल गाउँ समिति सभापति बुद्धिराज न्यौपाने नेतृत्वको गाउँ समिति र गाउँपालिकामा अवस्थित पार्टी नेता, कार्यकर्ताहरुले पनि आत्मसाथ गरेका छन । आफनो नेतृत्वमा जनसरोकारका विभिन्न योजनाहरुलाई केन्द्रस्तर सम्म पुरयाएर संघीय प्रदेश सरकारबाट बजेट विनियोजन गराउन सक्षम र सवल मानिएका उनले पालिकाको चुनावमा आफू बोल्ने भन्दा गरेर देखाउने पक्षमा भएकाले जनता ढाँटने किसिमका नाराहरु नल्याएको बताउँदै आएका छन । पूर्वाधार बिकासमा माथिल्लो तहका सरकार र दातृ निकायहरुको सहयोग लिने र अन्य शिक्षा, स्वास्थ्य र कृषिलाई उच्च प्राथमिकतामा राखेर अघि बढने संक्षिप्त प्रतिबद्धता उनको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here