दमकमा एमाले उम्मेदवारहरुको मनोनयन दर्ता, गठबन्धन भए पनि जित्ने दावी

0
262

दमक / दमक नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा पार्टीका तर्फबाट घोषित ५२ जनाले एकसाथ मनोनयन दर्ता गराएका हुन ।

एमालेका तर्फबाट नगर प्रमुखमा गीता अधिकारी र उपप्रमुखमा अम्बिकाप्रसाद खनालले उम्मेदवारी दिएका हुन् । यसअघि दमक नगर उपप्रमुखको जिम्मेवारी सम्हालिसकेकी अधिकारीले प्रमुख पदमा उम्मेदवारी दिदैं समग्र दमकको विकासका लागि आफनो उम्मेदवारी भएको बताइन ।

उनले भनिन– हामीले गरेका कामको मुल्यांकन यहाँका नागरिकले गरिरहनु भएको छ, हामीले सबैलाई प्रत्याभूति हुने गरि विकास अभियान चलाएका छौ । एमालेले केन्द्र तहमा कमल थापा नेतृत्वको राप्रपा नेपाल र नेपाल परिवार दलसंग समेत तालमेल गरेको भएपनि ति पार्टीका तर्फबाट दमकमा कोही पनि उम्मेदवार छैनन । दमकमा एमाले एक्लैले सबै सिटमा बिजय हासिल गर्ने भन्दै आएको छ ।

त्यस्तै उपमेयरका उम्मेद्वार अम्बिका खनालले  एमाले सरकारमा हुदा गरेका बिकास निमार्णका कामकाे आधारमा नै एमालेले दमकमा जित्ने बताए । उनले भने कामकाे आधारमा जनताले भाेट दिनेहाे नेकपा एमालेकाे जति काम हाल कसैले नगरकाे बताउदै काम गरेर प्रतिस्पर्धामा आउन आग्रह गरे । उनले गठबन्धन पनि एमाले हराउनका लागि मात्र भएकाे जनताले बुझि सकेकाे समेत बताए ।

एमालेले दमकका  १० मध्ये ५ वटा वडामा एमालेले हालका वडाध्यक्षलाई पुन उम्मेदवारका रुपमा दोहोरयाएको छ । वडा नं १ मा हरि न्यौपाने, वडा नं २ मा प्रजापति सापकोटा, ३ मा नबिन बराल, वडा नं ४ मा झसराज ढकाल, ५ मा इन्द्र गुरुङ, ६ मा टेकबहादुर थापा, ७ मा राधाकृष्ण आचार्य, ८ मा दिपेश दाहाल, ९ मा कुबेर भट्टराइ र १० मा बोधराज न्यौपाने रहेका छन ।   स्थानीय निर्वाचन आगामी ३० बैशाखमा देशभर एकसाथ हुँदैछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here