दमक उपप्रमुखमा एकीकृत समाजवादीबाट युवा उम्मेदवार महेश घिमिरे

0
364

दमक/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर भन्ने गरिएको दमकमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आसन्न स्थानीय निर्वाचनमा सशक्त भुमिका खेल्ने रणनीति बनाएको छ ।

नगर कमिटीकै सिफारिसमा सो पार्टीको जिल्ला समितिले यस अघि दमक नगर प्रमुख, उपप्रमुख पदमा नै उम्मेदवार तोकेको भएपनि आवश्यकताका आधार भन्दै एकीकृत समाजवादीले नगर उपप्रमुख र केही वडाहरुमा उम्मेदवारी दिने अन्तिम तयारी गरेको हो । नगर उपप्रमुखमा सो पार्टीले युवा बिद्यार्थी माझ लोकप्रिय युवा नेता महेश घिमिरेलाई उम्मेदवार बनाउने निधो गरेको छ ।

नगर उपप्रमुख सहित दमकको केही  वडाहरुमा वडा अध्यक्ष र सदस्यहरुमा भोली (सोमबार) उम्मेदवारी दर्ता गरिने पार्टीका नगर सचिव अनिलदेव राईले बताए । विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरेका नेता घिमिरेले तत्कालिन नेकपा (एमाले) सम्बद्ध अनेरास्ववियूको दमक बहुमुखी क्याम्पस, क्षेत्रीय कमिटिी, जिल्ला कमिटी झापा हुदै केन्द्रीय कमिटीमा समेत जिम्मेवारी निर्वाह गरेका छन ।

दमक बहुमुखी क्याम्पसका स्ववियू सचिव समेत भइसकेका नेता घिमिरे दमकको सहकारी क्षेत्रका समेत अनुभवी हुन । उनी दमकको कलश साकोसका अध्यक्ष पनि हुन । घिमिरेसंगै सो पार्टीले दमकको २ नम्बर वडाध्यक्षमा युवा व्यवसायी नेता टिका प्रसाईलाई उम्मेदवार बनाउँदैछ भने वडा नं १० र ८ मा पनि उम्मेदवारको टुंगो लगाइसकेको जनाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here