चलचित्र ‘लक्का जवान’ यही वैशाख २३ गतेदेखि प्रदर्शनमा आउने

0
203

दमक /  आमा बंगलामुखी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको भएको छ।

शनिबार चलचित्रको प्रचार प्रसारका लागि पुर्वकाे दमक आएका चलचित्रका निर्देशक तथा कलाकार शिवहरि पौडेलले कोभिडका कारण सुस्ताएको चलचित्र क्षेत्रलाई उकास्न र नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउन ‘लक्का जवान’ले महत्वपूर्ण भूमिका निभाउने  बताए उनले  कथा कहिलै नमर्ने फिल्म बनाएका छाै १० वर्ष पछि हेरे पनि फिल्म लक्का जवान नै पाउनु हुनेछ भन्द आफुले निर्देशन गरेकाे पहिलाे चलचित्र भएकाले एक पटक हल सम्म गएर हेर्न अनुराेध गरे र

 चलचित्रका कार्यकारी निर्माता एवं कलाकार किरण केसीले ‘लक्का जवान’ एक पारिवारिक चलचित्र भएकाले सबैलाई परिवारसँग बसेर हेर्न आग्रह गरे। उनले पछिल्लाे पटक हलमा नेपालि फिल्मले भन्दा हिन्दी फिल्म बढी साे पाउने गरकाे गुनासाे गरे ।

साेही अवसरमा बाेल्दै पाथिभरा हल दमकका संचालक तथा चलचित्र बितरक चैतन्य बरालले काेभिड पछि निर्माताकै कारण हलमा हिन्दी फिल्म चलाउनु परेकाे हाे भन्दै आफु सब्जी ब्यापारी जस्तै भएकाे उदाहरण दिदै र बजारमा ग्राहकले अालु मागे अालु र टमाटर मागे टमाटर दिएकाे बताए, उनले अाफु स्वदेशी उत्पादन कै पक्षपाती रहेको र नेपाली चलचित्र कै पक्षमा रहेको बताउदै सरकारकाे निति अनुरूप आफुहरू चलेकाे जानकारी दिए ।

ध्रुव वन्तको प्रस्तुति, अनुसुया श्रेष्ठ वन्तको निर्माण र कार्यकारी निर्माता किरण केसी, शिवहरि पौडेल र दीलिप रायमाझी रहेको चलचित्रमा सरोज खनाल, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा शिवाकोटी, ओजस्वी थापा, जयनन्द लामा, मनिषा श्रेष्ठ, अनुपमा भण्डारी, सविता गुरुङ, विमला गिरी, अञ्जु महर्जन, निर्मल शर्मा, विनोद भट्टराई र रमेश केसीको अभिनय रहेको छ। चलचित्रमा मदनकृष्ण श्रेष्ठ विशेष भूमिकामा देखिने छन्।  चलचित्रका गीतमा बाबुल गिरी, जुनू रिजाल र मीना निरौलाको स्वर दिएका छन्।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here