एमालेले लगायो दमकका १० वटै वडाध्यक्ष हरुको उमेद्वारको टुंगो अधिकांश पुरानै

0
539

दमक / नेकपा एमालेका जिल्ला स्तरीय नेताका अनुसार दमकका सबै वडाका अध्यक्षका उम्मेद्वार लगभग टुगिएका छन् । यद्यपी ती नाम भने सार्वजानिक गरिएको छैन् ।

औपचारिक घोषणा हुन भने बाकीँ छ । एमालेका तर्फबाट अधिकांश वडा अध्यक्षका उम्मेद्वार दोहोरिएका छन् । दमक १ मा हरि न्यौपाने, दमक २ मा प्रजापति सापकोटा, दमक ३ का नविन बराल चयन भएका छन्। उनीहरु यस अघिको निर्वाचनमा उम्मेद्वार थिए न्यौपाने ८ मतले पराजित भएका थिए भने अरुले जित हासिल गरेका थिए ।

यस्तै दमक ४ मा झसराज ढकाल, दमक ५ मा इन्द्रबहादुर गुरुंग, दमक ६ मा टेबहादुर थापा, दमक ७ मा राधाकृष्ण आचार्य, दमक ८ मा दिपेश दाहाल, दमक ९ मा कुवेर भट्टराई र दमक १० मा बोधराज नेउपाने उम्मेद्वारका रुपमा छनौट भएका छन् । यी मध्ये गुरुंग, थापा र न्यौपाने र बराल यस अघि पनि वडा अध्यक्षका रुपमा कार्यकाल सम्पन्न गरिसकेका छन् । एमालेले आइतबार बिहान ११ बजे दमकको गणतन्त्र चौकमा उम्मेद्वार घोषणा सभा गर्दै छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here