नेकपा एमाले दमक १ को चुनाव प्रचार प्रसार समितिको कार्यालय उद्घाटन

0
303

दमक/ नेकपा एमाले दमक १ ले चुनाव प्रचार प्रसार समितिको कार्यालय स्थापना गरेको छ ।

वडा कमिटीले स्थानीय निर्वाचनलाई लक्षित गर्दै दमक १ को केन्द्र बिन्दुमा रहेको हवल्दार चौक नजिक प्रकाश गृल भएको  व्यावसायिक भवनमा एमालेले चुनाव प्रचार प्रसार समितिको कार्यालय सञ्चालनमा ल्याएको हो ।

वडा कमिटीले शनिबार एक कार्यक्रम गरी प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य गिता अधिकारीको उपस्थितिमा चुनाव प्रचार प्रसार समितिको कार्यालय सञ्चालनमा आएको छ ।

कार्यालय उद्घाटनको अवसरमा दमक नगर इन्चार्ज बोध प्रसाद घिमिरे, प्रदेश कमिटी सदस्य अम्बिका खनाल, विश्व नाथ पोख्रेल, प्रदेश सल्लाहकार कमिटी सदस्य सुमित्रा प्रशाई, तिलचन रेग्मी, जिल्ला कमिटी सदस्य चन्द्र गजमेर, दमक नगर कमिटी पदाधिकारी लगाएत उलेख्य उपस्थिती रहेको थियो।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here