काठमाडौं , समाजवादी प्रेस संगठन मेट्रो एफएम प्रतिस्ठान शाखा भेलामा किशोर कुमार सेढाइको अध्यक्षतामा ७ सदस्यीय प्रतिस्ठान शाखा कमिटी गठन गरिएको छ।
कार्यक्रम समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठको प्रमुख आतिथ्यमा भएको समाजवादी प्रेस संगठन कमिटी गठनमा काठमाडौं महानगर पालिकाका प्रवक्ता इस्वरमान डङ्गोल विशिष्ट अतिथिका रूपमा थिए। शुक्रबार प्रेस संगठन शाखा भेलाले सेढाइलाई अध्यक्षतामा चयन गरेको हो ।
संगठनमा निर्वाचित गौरव पोख्रेल उपाध्यक्ष , प्रकाश उप्रेती सचीव , उदेन शायमि कोषाध्यक्ष, पूर्ण महर्जन, बाबुकृष्ण मानन्धर र जित बहादुर मगर सदस्यमा चुनिएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचीव गोविन्द चौलागाईंले यतिबेला जनताले खोजेको जस्तो सहि र मन जित्ने उम्मेदवारहरु निर्वाचन गर्ने सन्धर्बमा समाजवादी प्रेस संगठनले महत्त्वपूर्ण भुमिका खेल्नेछ भन्ने कुरा प्रष्ट पारेका छ्न् ।
सामाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष भिम लावाले पत्रकार आफैमा एउटा संबेदनसिल क्षेत्र भएकोले विचार र सिद्धान्तमा आधारित रहेर पत्रकारिता क्षेत्रलाई अभिन्न अङ्गको रुपमा प्रभावकारी बनाउन समाजवादी प्रेस संगठनको स्थापना भएको हो भन्ने कुरा अघि सारेका छ्न्।
त्यसै गरि सोही कार्यक्रममा काठमाडौं महानगरपालिका सूचना तथा प्रविधि विभागका विभागीय प्रमुख तथा समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य नमराज ढकालले आफुहरु यस संगठनको विस्तारमा अगाडि बढीरहेको र कसरी हाम्रा साथीहरूले पेशागत हकहितको सुरक्षा गर्न सक्छन् र राजनीतिक विचारधारालाइ सहि तरिकाले जनता समक्ष पुर्याउन यो समाजवादी प्रगतीशिल कलम चल्नेछ । त्यस्तैगरी हाम्रो समाज विकासको लागि पत्रकारिताको ठुलो भुमिका रहनेछ । पत्रकारको मसि र सहिदको रगतको मूल्य अनमोल हुन्छ । यहि हिसाबले राजनीतिक आन्दोलनलाई मुल धारमा राखेर समाजवादी प्रेस संगठन अगाडि बढेको छ भन्न्ने कुरा स्पष्ट पारेका छन् ।
कार्यक्रमको अन्त्यमा उपस्तिथि सबै ब्याक्तित्वहरुले आफुहरु नयाँ इतिहास रच्ने तथा सुन्दर भविस्य र उच्च लक्ष सहित अगाडी बढ्ने कुरा पनि प्रष्ट पारेका छन् ।