स्थानीय तह निर्वाचनमा एमाले पहिलो हुन्छ : एमाले सचिव योगेश भट्टराई

0
136

दमक / मतदाताहरु सत्ता गठबन्धन दलको बधुवा मजदुर नभएको नेकपा एमाले केन्द्रीय सचिव योगश भटराईले बताए ।

प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सचिव भटराईले युवा तनमनमा एमाले भएकोले आगामी निर्वाचनमा एमालेले अत्यधिक मत प्राप्त गर्ने  बताए ।

उनीहरुले सही विवेक प्रयोग गरेर मतदान गरी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा एमालेले उत्कृष्ट मत सहित विजय हासिल गर्ने उनले बताए । एमालेले मुलुक र राष्ट्रियताको पक्षमा लडेको,भारतसंग हिजो रहेको ल्यान्ड लकलाई परिमार्जन गरेर ल्यान्ड लिंकको काम ओली सरकारले गरेका कारण अहिलेका युवा मतदाताहरुले एमालेलाई भोट हाल्ने बताए ।

गठबन्धन सरकारकारले कालोधनलाई सेतो बनाउने काम गर्न राष्ट्र बैकका गर्भनरले नमानेपछि उनलाई निलम्वनको कारवार्ही गरेको पूर्व पर्यटन मन्त्री भटराईले आरोप लगाए । भोली बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन सबै स्थानिय तहका उम्मेदवार घोषण गर्ने पनि भटराईले बताए ।

प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापा अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारको जिज्ञासामा मुलुकमा हुन लागेको ठूला परिवर्तन प्राप्तीको भन्दा पनि अहिले परमादेशबाट बनेको सरकार मिलीजुली खाने भाग वण्डाको गरेर खान अनुचित गठबन्धन बनेको नेता भटराईले बताए।

आन्तरिक कामका लागि पूर्व आएका नेता भटराईले हिजो देखि प्रजातन्त्र र लोकतन्त्रको हिमायती ठान्ने काग्रेसले अहिलेको गठबन्धन सरकारले गरेको केही स्थानियमा गरेको निर्णयको विरोधमा काग्रेसकै कार्यकर्ता उनका विरुद्धमा उत्रिएको आरोप लगाए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here