एमाले एक्लै निर्वाचन लड्छ : अध्यक्ष ओली

0
167

सोलुखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोकिएको समयमा निर्वाचन हुनुपर्ने बताउनुभएको छ । निर्वाचनबाट गठबन्धनका दलहरु त्रसित रहको भन्दै अध्यक्ष ओलीले एमाले एक्लै निर्वाचन लड्ने दाबी गर्नुभयो ।

नेकपा एमाले सोलुखुम्बुले सदरमुकाम सल्लेरीमा आयोजना गरेको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विप्लवलाई निर्वाचनमा सहभागी गराउने बहानामा चुनाव सार्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।

उहाँको एमालेको सरकारले नै विप्लबलाई शान्ति प्रक्रियामा ल्याएको तर अहिलेसम्म दल दर्ता नगरेर के गरिरहेको भन्दै विप्लवलाई पश्न गर्नुभयो ।

विप्लवलाई गठबन्धनको मतियार बनेर निर्वाचन सार्न लाग्नुको सट्टा सुर्य चिन्हबाट चुनावमा भाग लिन आग्रह गर्नुभयो । कांग्रेससँग कुनै सिद्धान्त, दर्शन र विचार बाँकी नरहेको भन्दै आफ्ना पार्टीका कार्यकतालाई हँसिया हतौडा, गिलास र पेन्सिलमा भोट हाल्न लगाइरहेको बताउनुभयो । यस निर्वाचनमा एमाले र गठबन्धन दल गरी दुई वटा दलबिच मात्र प्रतिस्पर्धा हुने बताउँदै उहाँले नेपाली काँग्रेस कुनै पार्टी नरहेको बताउनुभयो ।

लामो समय एमालेको नेतृत्व गरेर माधव नेपालले एमालेलाई शुन्यमा झारेपछि आफूले पार्टीको नेतृत्व लिएर दुई तिहाईको अवस्थमा पुर्याएको देख्न नसकेर कम्यूनिष्ट पार्टीलाई तहसनहस बनाएको आरोप लगाउनुभयो । एमाले ध्वस्त पारेका माधव नेपाल अहिले गठबन्धनमा रुवाबासी गरेर सिट मागिरहेका छन्, उहाँले भन्नुयभो ।

ओलीले प्रचण्डलाई विषालु सर्र्पको रुपमा व्यङ्ग गर्दै आफूले सर्पको दुई वटै दाँत निकालेको बताउनुभयो । माओवादीका सबै आदर्श सकिएर भोट माग्नका लागि कुलमान घिसिङको पोष्टर बनाएको भन्दै विद्युतमा कुलमान घिसिङले देशलाई डुबाइरहेको बताउनुभयो । इमेज खबर बाट

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here