कमलको अध्यक्षमा हुकुम सिंहको एकल नाम सर्वसम्मत सिफारिस

0
258

दमक/ झापाको कमल गाँउपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट हुकुमसिं राई उम्मेद्वार बन्ने निश्चित भएको छ । यसभन्दा अघि वर्तमान अध्यक्ष मेनुका काफ्लेसंग बराबरी मत ल्याएर गोलप्रथामा पराजित भएका राई सर्वसम्मत रुपमा उम्मेद्वार सिफारीस भएकाहुन् ।

सामाजिक सञ्जाल फेसबुकमा राई आफैले यसको पुष्टि गर्दै सहयोगका लागि सबैसंग अपिल गरेकाछन् । उनले लेखेकाछन्-

नेपाली काङ्ग्रेस कमल गाउँ समितीले, आसन्न निर्वाचनमा गाउँ पालिकाको अध्यक्ष पदमा मेरो एकल नाम प्रस्ताव गर्ने निर्णय लाई गाउँ सभापती, पदाधिकारी, सदस्य लगायत नेता गण, क्रियाशिल साथीहरूमा हार्दिक आभार ब्यक्त गर्दछु र यहाँहरूको बिस्वासलाई सम्पुर्ण साथीहरूलाई एक ढिक्का बनाएर चुनाबी अभियानलाई सार्थक र परिणाममुखि बनाउने छु, यो मेरो धृढ सङ्कल्प हो र जनताको मन जितेर मत लिने अभियानमा सबै साथीहरु लागौ जय नेपाल

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here