झापामा धमाधम सर्वसम्मत उम्मेदवार छन्दै काङ्ग्रेस

0
212

झापाका स्थानीय तहहरुमा नेपाली काङ्ग्रेसले धमाधम स्थानीय चुनावका उम्मेदवार सर्वसम्मत चयन गर्न शुरु गरेको छ ।

अघिल्लो निर्वाचनमा नै एमालेले लालकिल्ला दाबी गरिरहेको झापाको क्षेत्र नम्बर ५ का पालिकाहरुमा आधा लाल किल्ला तोडेको काङ्ग्रेसले यसपटक को निर्वाचनमा एमालेलाई क्लिन स्वीप गर्ने रणनीति अनुसार ससक्त र जितको बलियो सम्भावना बोकेका उम्मेदवारहरुलाई सर्वसम्मत रूपमा प्रस्तुत गरिरहेको हो ।

झापामा नै पहिलो पटक काङ्ग्रेसले पालिका प्रमुख पदमा युवा नेता हुकुम सिंह राईको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको जनाइएको छ । नगरउन्मुख कमल गाउँपालिकाको अध्यक्ष पदमा राईलाई काङ्ग्रेसको गाउँ समितिको सोमबार बसेको पुर्ण बैठकले सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राईले अघिल्लो निर्वाचनमा त्यहाँ सोही पदमा एमाले नेतृ मेनुका काफ्लेलाई बराबर मतको टक्कर दिएर चर्चामा आएका थिए । उनी काङ्ग्रेसको हालै सम्पन्न महाधिवेशनमा पनि सर्वाधिक कार्यकर्ताले रुचाएको नेताको रूपमा केन्द्रिय महाधिवेशन प्रतिनिधि हुँदै एक नम्बर प्रदेश समिति सदस्यमा निर्वाचित भएका थिए । राजनीतिक तथा सामाजिक गतिविधिमा समेत निरन्तर सक्रिय रहदै आएका राइको उम्मेदवारी सिफारिसपनि सर्वसम्मत रूपमा भएपछि झापाली राजनीतिमा विशेष महत्वसाथ सो बिसयमा चर्चा हुन थालेको छ ।

कमल गाउँपालिकासगै क्षेत्र नम्बर ५ कै मुख्य नगरका रूपमा रहेको दमकको वडा नम्बर १ र १० बाट पनि वडाध्यक्ष्य पदमा एक एक जनाको नाम सर्वसम्मत सिफारिस भएको छ ।

काङ्ग्रेस स्रोतका अनुसार वडा नम्बर एकमा युवा ब्यक्तित्व तथा पार्टीका वडा सभापति समेत रहेका गजेन्द्र देवान र १० मा काङ्ग्रेसका बौद्धिक तथा अनुभवी नेताको पहिचान बनाउन सफल देबी दाहालको नाम सर्वसम्मत सिफारिस भएको छ । दाहाल दमक बहुमुखी क्याम्पसका अध्यक्ष तथा स्थानीय सक्रिय ब्यक्तित्वका रूपमा परिचित छ्न । उनी काङ्ग्रेस झापाका पुर्व कोशाध्यक्ष्य समेत हुन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here