दमकमा विनायक ट्रेडर्स सञ्चालनमा

0
961

दमक/ झापाको दमक स्थित पूर्व पश्चिम राजमार्गमा विनायक ट्रेडर्स सञ्चालनमा आएको छ ।

युवा व्यवसायी भुवन भट्टराईले दमकका सफल व्यवसायी दयासागर आचार्य संगको सहकार्यमा दमक ५ स्थित गोर्खा डिपार्टमेन्ट स्टोर पूर्व इलेक्ट्रिकल्स (विद्युतीय सामग्री) पसलको खुद्रा तथा होलसेल पसल सञ्चालनमा ल्याएका हुन् l

उक्त व्यवसायको आज एक कार्यक्रमका बिच दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा बोल्दै उनले पछिल्लो समयमा व्यापारिक क्षेत्रमा युवाहरुको बढ्दो आकर्षण रहेकाले सुझ बुझका साथ आफूले चाहेको व्यवसाय गर्न आग्रह सहित व्यवसाय सफलताको शुभकामना दिए ।

सो अवसरमा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईं, प्रथम उपाध्यक्ष राजु खड्का, लायन्स कर्मी ज्ञानु पौडेल, युवा व्यवसायी थरेन्द्र राज पौडेल, उद्योगी थरिन्द्र घिमिरे, संघका सदस्यहरु, व्यवसायी सुमन पौडेल लगाएतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here