दमक २ मा वडाले गर्यो सार्वजनिक सुनुवाई, भिडियाे मार्फत देखायाे वडाकाे गतिबिधि

0
178

दमक/ दमक २ स्थित वडा कार्यालयले वडाका बिकास निर्माण र सार्वजनिक सरोकारका बिषयहरुमा नागरिकहरुलाई सूसुचित गराउन सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

कार्यालयले शिवाश्रम मन्दिरको सभाकक्षमा आयोजना गरेको सुनुवाईमा वडा भित्रका टोल बिकासका संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए ।

सो अवसरमा मदानी मिडियाद्धारा तयार पारिएको वडाको परिचयसहित वडा भित्र सञ्चालित महत्वपूर्ण योजना तथा समस्याहरुमा केन्द्रीत वृत्तचित्र प्रस्तुत गरिएको थियो । सो वृत्तचित्र वडा कार्यालयसंगको सहकार्यमा मदानी मिडयाले तयार पारेको हो ।

वडाध्यक्ष प्रजापति सापकोटाको अध्यक्षतामा सञ्चालन भएको सार्वजनिक सुनुवाईमा सापकोटासहित नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिना र हंसेदुम्से सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चन्द्रप्रसाद गुरागाइँ जवाफदेहीका रुपमा रहेका थिए । उनीहरुले सुनुवाइमा उठेका जिज्ञासाहरुको समाधान गरेका थिए । सो अवसरमा जवाफदेहीहरुले वडाबासीहरुको चाहना अनुरुपनै योजनाहरुको छनौट तथा कार्यसम्पादन गर्ने गरिएको उल्लेख गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here