नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश

0
281

दमक । डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।

क्यामरुनको एभिनियर फुटबल क्लबलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेल गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरबाट खेलको निणर्य लिइएको थियो । टाइब्रेकरमा क्यामरुनका जोस्पिन गोल गर्न चुकेपछि पुलिस विजयी भएको थियो । टाइब्रेकरमा पुलिसका अजित भण्डारी, निरकुमार राई, कप्तान सुमन सुवेदी, सौजन याक्खा र जुमानु राईले गोल गरे । जितसँगै पुलिसले सेमिफाइनलमा गोर्खा ब्वाइज क्लब रुपन्देहीको सामना गर्नेछ ।

क्यामरुनी टोलीका लागि टाइब्रेकरमा मार्सेल, बेल, टोबेट र मार्टिनले गोल गरे । जोस्पिनको प्रहार भने गोल हुन सकेन । दुवै टोलीले आक्रमक खेल खेलेका थिए । यद्यपि निर्धारित समयमा गोल हुन सकेन । सोमबारको खेलको म्यान अफ द म्याच पुलिसका अञ्जन राई घोषित भए । उनले नगद दश हजार प्राप्त गरे । म्यान अफ दि म्याचको पुरस्कार दमकस्थित झापा मोडल स्कुलले प्रायोजन गरेको हो । उक्त पुरस्कार विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठ, दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भिमराज चाैलगाइ र दमक नगर फुटबल उपसमिती अध्यक्ष मिन मगरले संयुक्त रूपमा प्रदान गरे । याे खेलसँगै क्वाटरफाइनलका चरण पूरा भएका छन् । मंगलबारदेखि सेमिफाइनलका चरणका खेलहरु हुनेछन् ।

 

मंगलबारको पहिलो सेमिफाइनल खेल मनामस्र्याङ्दी क्लब र मानेभञ्ज्याङ क्लब दार्जिलिङबीच हुने आयोजकल जनाएको छ । क्वाटरफाइनलमा मनाङले बागमती युथ क्लबलाई पराजित गरेको थियो भने माने भञ्ज्याङले आर्मीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here