कांग्रेस सहित ६ दलको असन्तुष्टी

0
230

दमक २ स्थित वडा कार्यालयले वडाका बिकास निर्माण र सार्वजनिक सरोकारका बिषयहरुमा नागरिकहरुलाई सूसुचित गराउन सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । कार्यालयले शिवाश्रम मन्दिरको सभाकक्षमा आयोजना गरेको सुनुवाईमा वडा भित्रका टोल बिकासका संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए ।

सो कार्यक्रम सुचारु हुनु अगावै वडामा क्रियाशील नेपाली कांग्रेससहितका ६ दलीय प्रतिनिधिहरुले वडा कार्यालयले अन्य दलको अस्तित्व नस्विकारेको, योजनाहरुको छनौटमा सहभागी नगराएको तथा सार्वजनिक सुनुवाईका बिषयमा समेत स्थानीय दलहरुलाई औपचारिक रुपमा जानकारी समेत नगराएको जस्ता आरोप लगाउँदै असन्तुष्टि जनाएका थिए । सो दलीय गठबन्धनका तर्फबाट वडास्तरका नेताहरुको हस्ताक्षरसहित आफना असहमतिहरु समेटिएको पत्र कांग्रेसका पूर्व नगरसभापति समेत रहेका दमक २ का रोशन विष्टले सार्वजनिक सुनुवाईस्थलमै पढेर सुनाए ।

उनले आफनो सहित सो गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, संघीय लिम्बुवान मञ्च लगायतका प्रतिनिधिहरुको हस्ताक्षरसहितको लिखित असहमति पत्र वडाध्यक्ष सापकोटालाई बुझाएका थिए । उनले त्यस अवसरमा वडामा रहेको हिमालय माविमा भएको भनिएको भ्रष्टाचारको बिषयमा स्थानीय सरकारले आधिकारिक कुरा बाहिर ल्याउनु पर्ने माग पनि राखे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here