होलीका लागि भन्दै काठमाडौं उपत्यकामा ३५ सय प्रहरी परिचालन

0
89

काठमाडौं । होली पर्व लक्षित गरी काठमाडौं उपत्यकामा ३५ सय बढी प्रहरी परिचालन गरिएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

होलीमा उपत्यकाको शान्ति सुरक्षामा कुनै कमी आउन नदिन तीनवटै जिल्लाका प्रहरीलाई उच्च सतर्कतामा राखिएको प्रवक्ता मैनालीले बताए । काठमाडौंमा मात्र १७ सय थप प्रहरी परिचालन गरिने छ ।

त्यस्तै ललितपुर ६ सय र भक्तपुरमा ४ सय बढी प्रहरी खटाइने छ । ४५ वटा मोबाइल भ्यान, १८० क्विक रेस्पोन्ट टिम लगायतको टिम पनि परिचालन हुने जनाइएको छ ।

प्रत्येक जिल्लाले आ–आफ्नो सुरक्षा योजनासमेत बनाएका छन् । त्यस्तै तीन सय बढी ट्राफिक प्रहरीसमेत सवारी व्यवस्थापन तथा चेकजाँचमा खटिने छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here