चैत्र ९ गते देखी १८ गते सम्म ‘दमक गोल्ड कप २०७८’ हुने

0
189

दमक / दमक गोल्ड कपको दोस्रो सस्करण  ‘दमक गोल्ड कप २०७८’  हुने भएको छ । दमक नगरपालिकाको खेलकुद विकास समितीकाे आयोजनामा यही चैत्र ९ गते देखी १८ गते सम्म खेल  हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

 

प्रतियोगितामा मच्छिन्द्र क्लब त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, मनाइमर्स्याहंदी क्लब, फ्रेन्ड्स क्लब, बागमती क्लब, आयोजक दमक- ११ सहित भारतको मानेभञ्ज्याङ फुटबल क्लब, दुर्गापुर स्टिल र क्यामरुनको एमेनियर फुटबल क्लबको सहभागिता रहने दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भीमराज चौलागाईले जानकारी दिए

प्रतियोगीता सम्पन्न गर्नकालागि १ करोड २३ लाख रुपैँया खर्च लाग्ने अनुमान गरीएकाे छ । जसमा   २५ लाख रुपैँया दमक नगरपालिकाले बिहोर्ने र बाँकी रकम प्रयोजक, सह- प्रायोजक र गेट टिकट बिक्रिबाट संकलन गर्ने लक्ष्य राखीएको छ ।

दमक ३ स्थित प्रस्तावित मदन भण्डारी रङ्गाशालामा हुने प्रतियोगीताकाे प्रथम पुरस्कार नगद १३ लाख ११ हजार र द्धितिय हुने टिमले ६ लाख ११ हजार, प्राप्त गर्ने छ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल  सहित उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले विधागत नगद २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here