‘रतुवा र मावाको पाता फर्काउछु ‘ बाेलेकाे कुरा पुरा गर्दै ओली

0
96

दमक/ पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रतुवा र मावा खोलाले बर्षेनी गर्ने गरेको क्षतिबाट अब चिन्तित हुनु पर्ने दिन जाने बताएकाछन् ।

शनिवार कमल गाँउपालिकाको खयरबारीमा भएको खोला तटबन्धनको शिलन्यास गर्दै उनले यस्तो बताएकाहुन् ।  ओलीले पहिलाका चुनावी अामसभा हरूमा रतुवा र मावाको पाता फर्काउने भनाई राख्दै अाएका थिए । हरेक निर्वाचनमा यो बिषयले चर्चा पनि पाउने गरेको थियो ।

रतुवा नदीबाट बर्सेनी ठुलो जनधनको क्षति व्यहोर्नुभएको कमलबासीलाई अव बाढी,कटानको चिन्ता कहिल्यै नआउने भन्दैं उनले भने ,–‘रतुवा नदीलाई व्यवस्थित तटबन्ध गर्ने काम शुरु भएको छ,यो समयमै काम सम्पन्न हुने छ ।’

करिव १२ किलोमिटर लामो निर्माण हुने उक्त तटबन्ध कार्यको शिलान्यासका क्रममा उनले नदी तटबन्ध,सडक ,पुलपुलेसा ,स्कूल जस्ता अनेकौ विकासको काम आफनो सरकारले प्रशस्तै काम गरेको दावी गरे ।

दमक नगरपालिका, हाल कमल गाँउपालिका साविक लखनपुर र गौरादह नगरपालिकाको साविक कोहबराको ठुलो दुखको रुपमा रतुवा खोला रहदै आएको छ । तटबन्धन नहुँदा बर्षामा यहाँ ठुलो जनधनको क्षति हुँदै आएको छ । अब भने यसको पाता पर्खने विश्वासमा स्थानीय छन् ।

रतुवा, मावा नदीमा पुल नहुदाँ आफू कयौपटक पौडी खेलेर तरेको स्मरण गर्दे उनले अहिले पुल निर्माण भएपनि नदीमा तटबन्ध नहुदाँ समस्या हुदैआएको र अव त्यस्तो समस्या नआउने ओलीले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here