नेपाल खेलकुद महासंघको प्रदेश १ मा राजकुमार थापा

0
99

झापा । नेपाल खेलकुद महासंघले पहिलो चरणका प्रदेश अधिवेशनहरु सम्पन्न गरेको छ । फागुन ७ गते प्रजातन्त्र दिवसका दिन उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनबाट शुरु भएको अभियान सुखानीका शहीदहरुको सम्झनामा झापामा फागुन २१ गते प्रदेश–१ को अधिवेशन गर्दै सम्पन्न भएको हो ।

दोश्रो चरणमा महासंघले आगामी फागुन २८ गते खेल संघहरुको तथा चैत्र १० गते लुम्बिनी प्रदेशको र चैत्र १९ गते गण्डकी प्रदेशको अधिवेशन गर्नेछ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा शनिबार झापाको बिर्तामोडमा सम्पन्न प्रदेश–१ को प्रथम अधिवेशनले कराँतेका राजकुमार थापाको अध्यक्षतामा ६६ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

कमिटीको उपाध्यक्षमा धनकुटाका भोगेन्द्र थापा तथा सुनसरीकी टिका शिवाकोटी निर्वाचित भएका छन् । त्यस्तै मोरङका जितन थापा सचिव, खोटाङका सिताराम श्रेष्ठ तथा ताप्लेजुङका दिलकुमार सुनुवार सहसचिव र मोरङका हेमन्त सुवेदी कोषाध्यक्ष निर्वाचित भए ।

महासंघको प्रदेश सदस्यहरुमा झापाबाट सन्तोष पोखरेल, सुमन शाही, प्रकाश बस्नेत, तेजकुमार राई, सुमन दाहाल, प्रदीप खरेल, नारायण खनाल र निङसन लामा चयन भएका छन् । अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्दय संयोजक कृष्ण बस्नेत (पर्शुराम)ले पद तथा गोपनियताको सपथ गराएका थिए ।

अधिवेशनलाई सम्बोधन गर्दै एमालेका अध्यक्ष ओलीले आसन्न निर्वाचनमा महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपांग भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखेर भोट दिने वातावरण बनाउन खेलाडीहरुको महत्वपूर्ण स्वयंसेवी भूमिका हुनसक्ने भएकोले नेपाल खेलकुद महासंघले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

ओलीले जनताको अभिमतको रक्षा गर्नु सबैको पहिलो दायित्व भएको हुँदा खेलाडीले चाहेमा निर्वाचनमा हुनसक्ने सम्भावित धाँधलीलाई समेत रोक्न सकिने बताए । चुनावमा नटेर्ने, धाँधलीको वातावरण बनाउन खोज्नेहरुलाई खेलाडीले एकपटक हुस भनेपछि सबै आफ्नो बाटो लाग्ने हुँदा सबै खेलाडीहरुलाई विवेक प्रयोग गर्न आग्रह पनि गरे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here