महिला भलिबल खेलाडीलाई पोशाक बितरण

0
124

दमक  / स्व.मुगाधन कृष्ण कुमारी राई स्मृति प्रतिष्ठानले आज प्रदेश १ का महिला भलिबल खेलाडीहरुलाई खेल पोशाक ट्याक सुट बितरण गरेको छ ।

प्रजातन्त्रका सेनानी स्वर्गीय राईको १६ औ स्मृति दिवसका अवसर पारेर सो सामाग्री बितरण गरिएको प्रतिष्ठानका सचिव पर्शुराम रिजालले बताए । पोशाक प्रतिपष्ठानकी अध्यक्ष समेत रहेकी प्रतिनिधिसभा सदस्य महेन्द्रकुमारी लिम्बूले हस्तान्तरण गरेकी थिइन् ।ती पोशाक प्रतिष्ठानका सदस्य समेत रहेका बेलायत बस्दैआएका बक्सिङ खेलाडी रबिन राईले प्रायोजन गरेका थिए ।

पोशाक हस्तान्तरणमा स्व. राईका परिवारको तर्फबाट बुहारी सवनम राई, छोरा रन्जन राई, नाति बिजय सुब्बा ,प्रतिष्ठानका पदाधिकारी तथा सदस्यलगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here