असहाय तथा विपन्नलाई हुकुम सिंहको सहयोग

0
105

दमक / नेपाली कांग्रेस १ नम्बर प्रदेश सदस्य तथा झापा, कमल ५ मंगलवारे निवासी हुकुमसिंह राईले आफनो जन्मोत्सवको अवसर पारेर कमलका असहाय ,विपन्न समुदायलाई रु १ लाख बराबरको सहयोग उपलव्ध गराएका छन् ।

जन्मदिनलाई सेवासंग जोडिएर बर्सेनी परोपकारी कार्य गरिआएका राईले आज कमल ७ को सिद्धश्वर गुरुकुल शिक्षा मन्दिरका बटुकलाई चप्पलसहित खाद्यान्न र सोहि वडाको पाथीभरा टोल निवासी मिगौला रोगी ५० बर्षिय मनोज लकान्द्रीलाई रु १५ हजार आर्थिक सहयोग गरेका हुन् ।

यसैगरि ,कमल ४ को जोगीचौनमा बस्दैआएका त्यहाँका विपन्न २६ विपन्न परिवारलाई चामल एक बोरा, दाल ,तेल,नुन उपलव्ध गराए ।

सहायता सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै समाजसेवी राईले जन्मदिनलाई स्वेच्छिक रुपमा यसरीनै सेवा पुरयाँउदै आएको बताए । तीन वर्ष अघि कमल ५ मंगलवारेको आगोलागी पीडितलाई पनि जन्मदिनमा रु ४० हजार सहयोग दिएका थिए ।

गाउँपालिकाको निर्वाचनमा राई कांग्रेसबाट अध्यक्षका उम्मेदवार भई हालकी अध्यक्ष मेनुका काफ्लेसंग गोलाप्रथामा पराजित भएका थिए । समाजसेवामा सक्रिय राईले कमलका विभिन्न सामाजिक कार्यमा समेत सहयोग पुरयाँउदैआएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here