सबै भन्दा धेरै माइलेज दिने सुजुकीको सेलेरियो दमकमा सार्वजनिक

0
407

दमक, झापाको दमक स्थित सुजुकी कारको बिक्रेता बि.आर.एन.ब्रदर्सले सुजुकीको सेलेरियो कार सर्वजनिक गरेको छ ।

आज एक कार्यक्रम गरी प्रमुख अतिथिमा रोटरी क्लब अफ दमकका अध्यक्ष भरत चम्लगाई र बि.आर.एन. ब्रर्दशका संचालक बलराम पराजुुलीले सयुक्त रुपमा उक्त सुजुकी कम्पनीको सुजुकी सेलेरियो कार सार्वजनिक गरेका हुन् ।

सेलेरियो नेपाली भुगोलमा सुहाउदो सुुबिधा सम्पन्न इन्धन खपत कम रहेको कार हो । जसको नेपाली बजार मुल्य २७ लाख ९९ हजार देखि ३१ सम्ममा तिन वटा भेरीयन्टमा उपलब्ध भएको बि.आर.एन. ब्रर्दशका संचालक सञ्जु पराजुलीले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चम्लगाइले २७ लाखमा सेफ्टी सुबिधा सहित सबै भन्दा धेरै माइलेज भएको यो कार लाइ दमक लगायत नेपाली ग्राहक मन पराउन सक्ने बताए ।

नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँथ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट-इन-सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू भएको बि.आर.एन. ब्रर्दशका सेल्स एक्जुकेटिभ बिरेन्द्र प्रसाद प्रसाइ  जानकारी दिए । उनले भने सुजुकी सेलेरियो सबैभन्दा धेरै इन्धनप्रभावकारी पारिवारिक कार रहेको छ । सर्वाधिक माइलेव दिने सो गाडी को लो रनिङ्ग कस्टका कारण, बढ्दो पेट्रोलेयम पदार्थको मूल्यवृद्धिभारबाट केहि राहतमिल्ने कम्पनीको बिश्वास रहेको छ ।

उक्त कार्यक्रममा बिभिन्न संघ संघसंस्थाका पदाधिकारी, ब्यवसायी तथा ग्राहकहरुको उपस्थिती रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here