दमक जेसीजल अायाेजनामा विद्यार्थीहरुको आँखा परीक्षण शिविर

0
465

दमक /  दमक जेसीजले आज सोमबार दमकका तीन विद्यालयका एक सय ७५ जना विद्यार्थीहरुको आँखा जाँच गरेको छ ।

आफनो बार्षिक कार्यक्रम अन्तर्गत दमक जेसीजले दमक ८ का एलाईड अंग्रेजी बोर्डिङ स्कूल, रोजियट बोर्डिङ स्कूल र झापा मोडल अंग्रेजी बोर्डिङ स्कूलका विद्यार्थीहरुको आँखा परीक्षण गरिएको दमक जेसीजका अध्यक्ष सञ्जीव बरालले बताए । उन भने पछिल्लाे पटक काेराेनाकाे कारण बिध्यालयहरूले अनलाइन कक्षा संचालन गरीरहेका बेला विद्यार्थीहरुको आँखामा परेकाे असरलाइ आँखा जाँच गरेर केही कम गर्ने प्रयास गरेका छाै ।

मेची नेत्रालय दमकको प्राविधिक सहयोगमा आयोजना गरिएको आखाँ परीक्षण उद्घाटन कार्यक्रम दमक जेसीजका पूर्व अध्यक्ष दिलीप श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । एक दिने शिविरमा यूकेजीदेखि कक्षा ४ सम्मका विद्यार्थीहरुको आखाँ परीक्षण गरिएको जनाइएकाे थियाे ।

शिविरमा नेत्रालयका सिनियर नेत्र सहायक अशोक तिवारीसहितका स्वास्थ्यकर्मीको टोलीले प्राविधिक सहयोग पुरयाँएको थियो । शिविरमा परीक्षण गरिएका मध्ये करिव २० जनामा भने आखाँ कमजोर देखिने लगायतका समस्या पाईएको टोलीमा सहभागि नेत्र सहायक तिवारीले बताएका छन् । उक्त शिविर सफल बनाउन दमक जेसीजका उपाध्यक्ष साजन श्रेष्ठ संयोजक रहेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here