मच्छिन्द्रले जित्याे ए डिभिजन फुटबलको उपाधि

0
155

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । आज बुधवार भएको खेलमा सातदोबाटो युथ क्लबलाई हराउँदै मच्छिन्द्रले दुई खेलअघि नै लिगको उपाधि जितेको हो ।

दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले सातदोबाटोलाई एक–शून्य गोलले हरायो । उसका लागि ५३ औँ मिनेटमा नोर्लानले गोल गरे । मच्छिन्द्रका खेलाडीले आजको गोल घाइते भएका मनिष डाँगीको नाममा समर्पण गरेका छन् ।

अघिल्लो संस्करणको ‘ए’ डिभिजन लिगको उपाधि पनि मच्छिन्द्रले नै जितेको थियो । लिग विजेता मच्छिन्द्रको २९ अंक भएको छ । पराजित भएको सातदोबाटोको १० खेलमा १५ अङ्क रहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here