सरकारको निर्णय : २०७९ काे शैक्षिक सत्र वैशाखदेखि, पठनपाठन भने जेठ १ बाट

0
221

काठमाडौं । सरकारले २०७९ को नयाँ शैक्षिक सत्रको पढाइ जेठ १ गतेदेखि सुरु गर्ने भएको छ ।

बुधबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले नयाँ शैक्षिक सत्र वैशाखदेखि र पढाइ भने जेठ १ गतेदेखि हुने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलका प्रेस संयोजक बिमल खड्काले जानकारी दिए ।

‘शैक्षिक सत्र वैशाखदेखि नै सुरु हुन्छ,’ उहाँले भन्नुभयो, ‘तर, पढाइ भने जेठदेखि मात्र हुने गरी निर्णय भएको छ ।’

निर्णयसँगै अब विद्यालयहरूले चैतसम्म बाँकी रहेको कोर्स पूरा गर्नुपर्ने र वैशाखमा परीक्षा गरााइ नतिजा प्रकाशित गर्नुपर्ने  प्रेस संयोजक खड्काले बताए ।

उनका अनुसार वैशाख महिनाभित्र नतिजा प्रकाशित गरेर विद्यालयहरूले जेठ १ गतेदेखि पठनपाठन थाल्नुपर्नेछ । आगामी शैक्षिक वर्ष चैतसम्म कायम उनको भनाइ छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here