शेयर बजार साढे १४ अङ्कले घट्यो, आठ अर्ब ६१ करोड रुपैयाँको कारोबार

0
162

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज बिहीवार साढे १४ अङ्कले घटेको छ । नेप्से आज १४ दशमलव ५८ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ७५ विन्दुमा झरेको छ ।

आज जलविद्युत् र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै एक सय ७३ अङ्कले घटेको छ ।

आज नेप्से घटे पनि कारोबार सङ्ख्या र रकम भने बढेको छ । आज एक करोड ५७ लाख ८० हजार कित्ता शेयर आठ अर्ब ६१ करोड २१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ८२ करोड ७० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज आरएमडीसी लघुवित्तको शेयर साढे तीन प्रतिशत र पोखरा फाइनान्सको शेयर तीन प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि विन नेपाल लघुवित्तको शेयर १० प्रतिशत र बुद्धभूमि हाइड्रोको शेयर नौ दशमलव ७३ प्रतिशतले बढेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here