अग्रज पत्रकार छबीलाल दवाडी द्वारा सताक्षी प्रेस क्लबलाई ५० हजार प्रदान

0
153

शिबसताक्षी । शिबसताक्षीका अग्रज पत्रकार छबीलाल दवाडीले सताक्षी प्रेस क्लबलाई ५० हजार आर्थिक सहयोग गरेका छन ।


सताक्षी प्रेस क्लबका संस्थापक अध्यक्ष तथा सतासी साप्ताहीक खबर पत्रिकाका सह सम्पादक समेत रहेका दवाडीले आफ्नो दिवंगत श्रीमतिको स्मृतिमा अक्षयकोष स्थापनार्थ आर्थिक सहयोग गरेका हुन । उनले दिवंगत श्रीमति युुन्तिदेबीको बार्षिकीको अवसर पारेर आइतबार सताक्षी प्रेस क्लबका अध्यक्ष सेलिङ केसी ,सहसचिब गोबिन ल्वागुन तथा सदस्य सोनिका राईलाई संयुक्त रुपमा उक्त चेक हस्तान्तरण गरेका हुन ।उनको श्रीमतिको गत बर्ष फागुन ४ गते सरस्वती पुूजाको दिन ५९ बर्षको उमेरमा ह्रिदयघातको कारण निधन भएको थियो ।

दवाडीले आफुु लामो समयदेखि पत्रकारीता गर्दे आएको र पत्रकार तथा साहित्यकारहरु प्रति सधै माया र साथ सहयोग गर्ने श्रीमतिको भावना रहेकोले उनको इच्छा अनुसार पत्रकारिता तथा साहित्य क्षेत्रमा उत्कृष्ट कलम चलाउने पत्रकार र साहित्यका लाई पुरस्कृत गर्नकालागी अक्षयकोष स्थापना गरेको दवाडीले बताए ।

दवाडीको एक ९५ बर्षिय पिता ,छोरा बुहारी र २ नाती रहेका छन । हाल सताक्षी प्रेस क्लबमा मनाहाङ सेलिङ स्मृति अक्षयकोष रहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here