प्रेस चौतारी झापाको ९ औँ जिल्ला अधिबेशन सम्पन्न, अध्यक्षमा मनकुमार गदाल सर्वसम्मत निर्वाचित

0
217

झापा / नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी झापाको ९ औँ जिल्ला अधिबेशनले अध्यक्षमा मनकुमार गदाललाई सर्वसम्मत निर्वाचित गरेको छ ।

गौरादह नगरपालिका ५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको नमुना पाहुना घरमा भएको अधिबेशनले चौतारी झापाको नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित गरेको हो । जिल्ला कमिटिको उपाध्यक्षमा प्रदिप परियार र गंगा बराल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा अच्युत सुवेदी र तिलम योञ्नन र कोषाध्यक्षमा सरोज चौलागाई निर्वाचित भएका छन्।

सदस्यहरुमा भुमिराज पराजुली, राजु पोख्रेल, मिना विश्वकर्मा, कुमार उप्रेती, राजु सन्तोषी थापा, सरोज भट्टराई, जिवन चुडाल, लक्ष्मीप्रसाद अधिकारी, रुपा बुढाथोकी, रविता राउत, नन्दलाल खतिवडा, खगेन्द्र घिमिरे लगायत रहेका छन् । अधिबेशनको नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए ।

अधिवेशन उद्घाटनमा एमाले झापाका इन्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य अग्नि खरेल, एमाले प्रदेश कमिटीका इन्चार्ज देवराज घिमीरे, स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ का सहइन्चार्ज हिक्मत कार्की, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत,पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारीका प्रदेश कमिटी इन्चार्ज लीलाराज भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here