कांग्रेसले टुङ्ग्यायो राष्ट्रिय सभा चुनावका उम्मेदवारकाे नाम

0
130

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य चुनावका लागि नेपाली कांग्रेसले ६ जना उम्मेदवारकाे टुङ्गो लगाएको छ । नेपाली कांग्रेसको आज साेमवार पार्टी कार्यालय सानेपामा बसेकाे कार्यसमिति बैठकले माघ १२ गते हुने राष्ट्रिय सभा चुनावका लागि ६ जनाको नाम टुङ्गो लगाएको हो ।

प्रदेश १ बाट गोपालकुमार बस्नेत, वाग्मतीबाट कृष्णप्रसाद पौडेल, गण्डकीबाट कमला पन्त, लुम्बिनीबाट युवराज शर्मा, कर्णालीबाट दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिमबाट नारायण मिश्रलाई उम्मेदवारमा मनोनयन गर्ने कांग्रेसले जनाएको छ ।

यस्तै चुनावमा सत्ता गठबन्धनमा आबद्ध दलहरू सहमतिका साथ अघि बढ्ने र चुनावमा सहकार्य गर्ने पनि कांग्रेसले निर्णय गरेको छ ।

राष्ट्रिय सभाका १९ सिटका लागि हुने चुनावमा नेपाली कांग्रेसले ६, माओवादी र एकीकृत समाजवादीले पाँच/पाँच, जनता समाजवादी पार्टीले दुई र राष्ट्रिय जनमोर्चाले एक सिटमा उम्मेदवारी दिने गठबन्धनबीच सहमति भइसकेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here