आज २०७८ पुस २० गते मंगलबारको राशिफल

0
174

२०७८ पुस २० गते मंगलबार, ४ जनवरी २०२२ मंगलबार आजको राशिफल ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) –
दीर्घकालीन वित्तीय योजनाको लागि दिन अनकुल दिन छ । आर्थिक र व्यापारको दृष्टिकोणबाट लाभदायक दिन छ । शारीरिक तथा मानसिक रुपमा स्फूर्ति महसुस गर्नु हुनेछ । साथीहरु र आफन्तहरुबाट उपहार पाउनुहुनेछ। साथै उनी हरुसँग समय रमाइलोमा बित्ने छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आफ्नो बोलीको कोमलताको कारण कसैलाई पनि प्रभावित पार्न सक्नु हुनेछ । शुभ कार्य गर्ने प्रेरणा मिल्नेछ । साहित्य तथा लेखन कार्यमा मन जानेछ । काम अनुसारको फल प्राप्त नहुन सक्छ । । विद्यार्थीहरु पढाईमा राम्रो प्रदर्शन गर्न सक्षम हुनेछन्।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मनमा दुविधा पैदा हुनाले सही निर्णय लिन सक्नु हुनेछैन । मानसिक अस्वस्थ अनुभव गर्नुहुनेछ। पनि तथा अन्य जल पदार्थबाट सचेत रहनु होला । जमिन तथा पारिवारिक निर्णय लिनबाट टाढै रहनु होला । शारीरिक र मानसिक अस्वस्थतको अनुभव गर्नु हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक तथा मानिसक रुपमा स्वस्थ अनुभव गर्नु हुनेछ । घरमा शान्तिको वातावरण हुनेछ । आफन्तजनसँग रमाइलो भेट हुनेछ। साथी भाईबाट लाभ हुनेछ। नयाँ कार्य आरम्भ गर्नको लागि दिन शुभ रहेको छ । छोटो यात्रा हुनेछ । मान-सम्मान बढ्ने छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

परिवारका सदस्यको साथमा दिन रमाइलोमा बिताउनु हुनेछ । परिवारका सदस्यबाट काममा सहयोग मिल्नेछ । विशेष गरेर स्त्री मित्रबाट सहयोग मिल्नेछ। टाढाको साथीहरु र प्रियजनहरु सँग सम्पर्क वा सन्देश लाभदायक साबित हुनेछ। आम्दानी भन्दा खर्च बढी हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

दिन लाभदायक हुँदा मन प्रसन्न हुनेछ । तपाईको मिठास पूर्ण बोलि लाभदायक साबित हुनेछ। शारीरिक र मानसिक स्वास्थ्य अनुभव गर्नु हुनेछ । आनन्द प्राप्ति, जीवन साथीको निकटता रमाइलो यात्राको कारण मन प्रसन्न हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईको अनियन्त्रित व्यवाहारको कारण समस्यामा पर्न सक्छ । दुर्घटनाबाट बच्नुहोस्। साथीभाई बीच झगडा हुनसक्छ । आध्यात्मिक शारीरिक र मानसिक चिन्ता कम गर्न आध्यात्मिक सहायता लिनु राम्रो हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

व्यापार व्यवसायमा लाभ प्राप्त हुनेछ। रमाइलो यात्रा हुनेछ । छोरा र श्रीमतीबाट लाभ हुनेछ। आफूभन्दा ठुलाको मध्यमबाट लाभ हुनेछ। आफन्तजनबाट प्रशंसा तथा उपहार प्राप्त हुनेछ । अधिकारीहरुको सहयोग रहनेछ। संसारिक जीवनमा आनन्द अनुभव गर्नु हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

दिन शुभ फलदायी छ। साथी भाइसँग भेट हुने हुँदा रमाइलो यात्राको योजना बन्ने छ । दाम्पत्य जीवन शुख मय हुनेछ । गरेका काममा सफलता प्राप्त हुनेछ । उच्च अधिकारी तपाईको काममा खुशी हुनेछन् । व्यावसाहिक कार्यको कारण लामो यात्राको सम्भावना रहेको छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईको आजको दिन मिश्रीत फलदायी छ । काममा नयाँ योजन बनाउदा सफलता मिल्नेछ । आकस्मिक धन लाभ हुन सक्छ । स्वास्थ्यमा सुधार हुनेछ । व्यावहारिक वा सामाजिक काममा मान सम्मान बढ्ने छ । सरकारी काममा बाधा हुनसक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

अनैतिक कामबाट टाढा रहनु होला । बोलीमा सावधानी अपनाउनु होला । जसको कारण पारिवारिक समस्याबाट बच्न सकिन्छ । खर्च बढ्ने हुँदा धनको अभाव हुनसक्छ । रिसलाई नियन्त्रणमा राख्नु होला । शारीरिक तथा मानसिक रुपमा अस्वस्थ अनुभव गर्नु हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

दैनिक कार्यबाट छुट्कारा मिल्ने हुँदा बाहिर घुम्ने अवसर प्राप्त हुनेछ । परिवार तथा आफन्त सँग समय रमाइलोमा बिताउनुहुनेछ । शारीरिक तथा मानसिक रुपमा स्वस्थ अनुभव गर्नु हुनेछ । मान प्रतिष्ठामा वृद्धि हुनेछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here