कांग्रेस दमकको कोषाध्यक्षमा पौडेल

0
216

दमक । नेपाली कांग्रेस दमक नगर समितिको आज सम्पन्न दोश्रो बैठकले विभिन्न निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको बैठकले विधानत रिक्त रहेको कोषाध्यक्ष पदमा प्रकाश पौडेललाई मनोनित गर्नुका साथै संगठन विस्तारका लागि प्रशिक्षण विभाग गठन गर्ने निर्णय गरिएको सचिव दिपेश दाहालले जानकारी दिए ।

पार्टी नगर सभापति प्रकाश प्रसाईको अध्यक्षतामा बसेको बैठकले पार्टी संगठन सुढृढीकरणमा सघाँउ पुरयाँउन पर्शुराम रिजालको संयोजकत्वमा सात सदस्यीय प्रशिक्षण विभाग गठन गरिएको हो ।

उक्त विभागका सदस्यहरुमा नगर सचिव आरसी अधिकारी, प्रकाश भण्डारी,सन्तोष अधिकारी, राम गिरी,ज्ञानकुमारी बुढाथोकी र चन्द्र खत्री रहेका छन् । बैठकले पार्टीको आर्थिक गतिविधिलाई व्यवस्थित गर्न बैक खाता सञ्चालन गर्ने तथा यहि पुष १५ गते दमकबाट केन्द्र ,प्रदेश तथा जिल्ला समितिमा निर्वाचित हुने पदाधिकारी र सदस्यहरुलाई बधाई शुभकामना कार्यक्रम तय गरिएको सभापति प्रसाईले बताएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here