धनगढी विमानस्थल विस्तार गरिदै

0
146

धनगढीः धनगढी विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने बहस सुरु भएको दुई वर्षपछि अन्ततः एक अर्ब बजेट विनियोजन गरिएको छ। क्षेत्रीय विमानस्थल बनाउन आवश्यक पर्ने २५० बिघा जग्गा अधिग्रहण गर्नका उक्त बजेट विनियोजन गरिएको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ।

तर उक्त एक अर्ब बजेट अधिग्रहणका लागि निकै कम हुने त्यस क्षेत्रका स्थानीयले बताएका छन्। उचित व्यवस्थापन गरेर मात्रै जग्गा अधिग्रहण गर्नुपर्ने विमानस्थल छेउका स्थानीय लालबहादुर महराले बताए। ‘अहिलेको बजेटले २५० बिघा जग्गा अधिग्रहण गर्न पुग्दैन। बजेट बढाएर मात्रै यो काम सुरु गर्नुपर्छ’ उनले भने।

दुई वर्षदेखि आजित उक्त क्षेत्रका नागरिकमा पछिल्लो पटक भएको बजेट विनियोजनको निर्णयले भने केही खुसी ल्याएको छ। अर्ब मात्रै बजेट विनियोजन भएपछि अधिग्रहण प्रभावित हुनसक्ने स्थानीय झस्किएका पनि छन्। सरकारलाई सहयोग गर्ने बताउदै आएका स्थानीयले आफूहरुलाई पनि अन्यायमा नपार्न आग्रह गरेका छन्।

विकासमा बाधक नबन्ने बताउँदै आएका स्थानीयले आफूहरुको पनि चित्त बुझाएर जग्गा लैजान आग्रह गरेका छन्। धनगढी लक्ष्मीनगरका स्थानीय कान्तराज भट्ट भन्छन्, ‘हामी पनि लामो समयदेखि यतै बसेका छौं। हाम्रो चित्त दुखाएर हैन चित्त बुझाएर सरकारले जग्गा लैजानुपर्छ।’

एक अर्बमा जग्गा अधिग्रहणसँगै धावनमार्ग विस्तारको योजना पनि राखिएको छ। तर नेपाल नागरिक उड्न प्राधिकरणले भने सुरुवाती प्रक्रियाका लागि बजेट विनियोजन भएको र आवश्यक परे थप बजेट छुट्याइने बताएको छ। ‘यो सुरुवाती मात्रै हो। प्रक्रिया सुरु भएपछि बजेट पनि विनियोजन हुँदै जान्छ’ प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले भने।

विमानस्थल स्तरोन्नतिको गुरुयोजनामा अहिले कायम रहेको विमानस्थलको केन्द्रबाट पूर्व, पश्चिम, उत्तर र दक्षीणतर्फ गरी साढे चार सय मिटरदेखि एक किलोमिटर क्षेत्रफल सम्मको जग्गा अधिग्रहण गर्नुपर्ने उल्लेख छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here